नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क समाज द्धारा मास्क वितरण

प्रकाशित मिति:

सबलपोष्ट , काठमाडौ । नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क समाज ले शिखर पुरुष गिरिजाप्रसाद कोईरालको १० औं स्मृति दिवसको अवसरमा २५०० मास्क वितरण गरेको छ । सम्पर्क समितिका अध्यक्ष ई दिपेन्द्र क्षेत्रिको अध्यक्षतामा भएको मास्क वितरण कार्यक्रममा नेवि संघका महामन्त्रीद्वय बलदेव तिमल्सिना र युवराज पाण्डेयले शुभारम्भ गर्नु भयो । गिरिजाप्रसाद कोईरालाको दशौं स्मृति दिवसमा नेविसंघ केन्द्रीय समितिको आह्वान तथा नेविसंघ स्याङ्जा काठमाण्डौं सम्पर्क समितिको आयोजनामा कोरोना भाईरस (COVID-19)  बाट आफू बचौ र अरुलाई पनि बचाऊ भन्ने अभियान अन्तर्गत नया बानेश्वर काठमाडौंमा मास्क वितरण कार्यक्रम सम्पन्न भएको क्षेत्रीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा महामन्त्री युवराज पाण्डेयले भन्नु भयो राष्ट्र संकट र सन्त्रासपुर्ण परिस्थितिमा रहेको वर्तमान अवस्थामा गिरिजावावुको सहमति , सहकार्य र एकताको अवधारणलाई हामीले अनुसरण गर्न सके कोरोनाको महामारीबाट जोगिन सकिन्छ । यस्तो अवस्थामा सत्तापक्ष, प्रतिपक्ष लगायत सम्पुर्ण दल र नागरिकको एउटै स्वर र भावना हुनु आवश्यक छ देश भित्र फैलन नदिन सबैले एकताबध्द प्रयास गर्नु आवश्यक छ। राज्यले गर्नु पर्ने काम आफुहरुले गरेको भन्दै जनताको स्वाथ्यमा ध्यान दीदै आफुहरुले मास्क वितरण गरेको अध्यक्ष ई दिपेन्द्र क्षेत्रीले वताउनु भयो ।