स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १० लिहुडाँडामा आधारभूत स्वास्थ्य केन्द्र सुरु

प्रकाशित मिति:

गल्याङ् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १० लिहुडाँडामा आधारभूत स्वास्थ्य केन्द्र सुरु भएको छ ।  गल्याङ नगरपालिका स्वास्थ्य शाखाले वडा नम्बर दशको लिहुँडाँडामा आधारभूत स्वास्थ्य केन्द्रको सुरुवात गरेको हो ।  साविकको पकवादी गाविसको स्वास्थ्य चौकी हाल नौ नम्बर वडा साङिलयामा रहेका कारण यो वडा स्वास्थ्य चौकी विहीन थियो ।  प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र बनाउने निती अनुरुपमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको पहलमा वडा नम्बर दशमा स्वास्थ्यकेन्द्र सुरु गरिएको हो ।  शहरी स्वास्थ्य केन्द्रको उद्घाटनमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले रोग लाग्न नदिने कुरालाई पहिलो प्राथमिकता दिन स्थानीयबासीलाई आग्रह गर्नुभयो ।

उहाँले स्थानीय अर्गानिक कृषि उत्पादन गरी स्वस्थ रहन आग्रह गर्दै कृषि र स्वास्थ्यलाई सँगै जोड्नुपर्ने बताउनुभयो ।  नगरप्रमुख अधिकारीले भन्नुभयो –‘गाउँमा बस्ने तर बजारको किनेर खाने गर्दा धेरैको स्वास्थ्यमा असर परेको छ । कम्तिमा आफुलाई खानका लागि आफै उत्पादन गरेर सुरु गर्न सक्नुपर्छ । औषधी हालिएका र सुइ लगाइएका खानेकुराबाट नै धेरै रोगहरु लाग्ने गरेकाले कृषिलाई स्वास्थ्यसँग जोड्नु आवश्यक रहेको उहाँको भनाई छ । नगरप्रमुुख अधिकारीले वडा नम्बर दशले तरकारी उत्पादनमा आत्मनिर्भर रहेकोमा खुशी व्यक्त गर्दै व्यवसायिक ढंगले कृषि गरेमा बजारिकरण र अन्य सहयोग गर्न नगरपालिका प्रतिबद्व रहेको बताउनुभयो । कार्यक्रममा वडा नम्बर दशका अध्यक्ष ध्रुब शर्मा पङ्गेनीले वडामा स्वास्थ्य केन्द्र स्थापना हुनु खुुशीको कुरा भएको भन्दै आगामी दिनमा वडाको विकासका लागि धेरै योजनाहरु ल्याउने बताउनुभयो । कृषि क्षेत्रमा काम गर्नका लागि जनशक्ति तयार नहुने गरेको गुनासो गर्दै उहाँले तुरुन्तै प्रतिफल खोज्ने बानी हटाउनुपर्नेमा जोड दिनुभयो । गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले स्थानीय वडाबासीका लागि सामान्य स्वास्थ्य सेवाको काम शहरी स्वास्थ्य केन्द्रबाट हुने भन्दै यसबाट लाभ लिन आग्रह गर्नुभयो ।  वडाध्यक्ष ध्रुुुुुुुुब शर्मा पङ्गेनीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका प्रतिनिधि विपिन कोइरालाले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा सचिव गिरिराज रेग्मीले गर्नुभएको थियो ।