अस्ट्रेलियामा ३,८०० जना चढेको पानीजहाजका यात्रुमा कोरोनाभाइरस

७ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


अस्ट्रेलियामा एउटा क्रूज जहाजका यात्रुमा कोरोनाभाइरस भेटिएपछि सिड्नीमा ओर्लिएका २,७०० यात्रुलाई छुट्टै बस्न आपत्‌कालीन चेतावनी जारी गरिएको छ। न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामक जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेका छन्।सो जहाज बिहीवार सिड्नीमा रोकिएको थियो। जहाजमा चालकदलका १,००० भन्दा धेरै मानिससहित कुल ३,८०० जना चढेको बताइएको छ।

सो जहाज सिड्नीमा फर्कनुअगाडि न्यूजील्यान्ड पुगेको थियो। अस्ट्रेलियाका अधिकारीहरूले सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन्।ूहाम्रो ठूलो चिन्ता, वास्तवमा निकै ठूलो चिन्ता भनेको सो जहाजमा कोभिड(१९ भएको जानकारी नभई झरेका यात्रुहरू हुन्,ू हजार्डले बताए।उनले दुई यात्रु र एक चालकदलका सदस्यमा कोरोनाभाइरस देखिएको बताए।कोरोनाभाइरस भएको शङ्का लागेका एक व्यक्ति तास्मानिया फर्किसकेको बताइएको छ। पानीजहाज आउनुअगाडि नै अस्ट्रेलियाका विदेशबाट फर्कने सबैलाई १४ दिन सेल्फ कारन्टीनमा बस्नुपर्ने नियम भने लागु भइसकेको थियो।चार वर्गमिटरको नियम
यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले घरभित्र पनि सबै जनाले प्रतिव्यक्ति चार वर्गमिटरको स्थान राख्नुपर्ने बताएका छन्।

अस्ट्रेलियामा १०० जनाभन्दा बढी जम्मा हुने अत्यावश्यकबाहेक सबै भेलामा प्रतिबन्ध लगाइएको छ। यो नयाँ नियमले भने भोजनालय र अन्य व्यापारलाई असर पार्ने देखिएको छ। अस्ट्रेलियामा ७०० सयभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित छन्।bbc

फेसबुकबाट तपाईको प्रतिक्रिया