बुटवल यातायातले शुरु ग¥यो कोरोना विरुद्ध सुरक्षा अभियान

७ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल, ७ चैत । सार्वजनि सवारी साधनमा गरिने यात्रालाई सुरक्षित बनाउन बुटवल यातायात प्रा.लि.ले कोरोना भाईरस बिरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । कोरोनाको संक्रमणबाट प्रालिका व्यवसायी, चालक,सहचालक र यात्रुलाई सुरक्षित बनाउन प्रालिले शुक्रबारबाट यस्तो अभियान थालेको हो । प्रालि मातहत सञ्चालन हुने बसका चालक तथा सहचालकहरुले अनिवार्य मास्क प्रयोग गर्ने, गाडीमा डिसइन्फेक्सन स्प्रे छर्केर मात्र चलाउने तथा यात्रुहरुलाई समेत सचेत हुन आह्वान गर्ने गरी अभियान शुरु गरिएको बुटवल यातायात प्रा.लि.का अध्यक्ष रबिन्द्रमान श्रेष्ठले बताए । गाडीमा डिसईन्फेक्सन स्प्रे गरेर मात्रै सञ्चालन गरिने छ । एक पटक स्प्रे छर्केपछि त्यसले २४ घण्टासम्म काम गर्ने र प्रत्येक दिन स्प्रे गरेर मात्रै गाडी सञ्चालनको व्यबस्था मिलाइएको प्रा.लि.का सचिव तथा अभियानका संयोजक दिपक श्रेष्ठले बताए । त्यस्तैगरी प्रा.लि.मातहत चल्ने साना ठूला गरी ३ सय ५० वटै बसका चालक र सहचालकलाई मास्क वितरण गरेको छ । चालक सहचालकहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सबै प्रालिले निर्देशन दिएको छ । व्यवसायी,चालक,सहचालक र यात्रुलाई कोरोना संक्रमणबाट जोगाउने र सचेतना फैलाउने उद्देश्यले अभियान चलाइएको प्रा.लिका निवर्तमान अध्यक्ष डिलबहादुर थापाले बताए । प्रा.लि.ले सिट क्षमता भन्दा बढी यात्रु नबोक्न चालक सहचालकलाई आग्रह गरेको छ । यस्तै स्वास्थ्यमा समस्या छ भने समयमै चेकजाँच गराउन र संक्रमण भएको आशंका लागेको छ भने सार्वजनिक यातायातको माध्यम प्रयोग नगर्न पनि प्रालिले अपिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया