भाइरसको संक्रमणबाट जोगिन अत्यावश्यकबाहेक सरकारी कार्यालय बन्द हुने

७ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  – कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले अत्यावश्यकबाहेकका सरकारी र निजी कार्यालयहरु बन्द गर्ने घोषणा गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

प्रधानमन्त्रीले भनेका छन् ।विद्युतीय माध्यामबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरु सम्बन्धित कर्मचारी र सेवा प्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिएको प्रधानमन्त्रीको भनाइ छ । ‘सबै सरकारी कर्मचारीहरु र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरुले यथावत रुपमा आ आफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ ।’ प्रधानमन्त्रीको सम्बोधनमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया