कोरोना विशेष अस्पताल बुटवलमा निर्माण गरिदै

७ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल – बुटवलमा कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण कार्य तीव्र पारिएको छ।टवल उप-महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल-१० स्थित बन्द रहेको बुटवल धागो कारखानाको भवनमा अस्पताल निर्माण कार्य चलिरहेको छ।बुटवलमा क्वारेन्टाइनका लागि एक सय कोठा तयार पारिएका छन् भने आइसोलेशनका लागि धागो कारखानामा करिब १०० बेडको अस्पताल तयार पार्न लागिएको छ।प्रादेशिक अस्पताल, निजी तथा सामुदायिक अस्पतालको समेत सहकार्यमा बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल निर्माणको काम तीब्र पारिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए।बुटवल उपमहानगरले यहाँका सामुदायिक र निजी अस्पतालका सञ्चालकलाई बोलाएर आपतकालीन अबस्थालाई मध्यनजर गर्दै तम्तयार रहन आग्रह गरेको थियो।लामो समयदेखि बन्द रहेको बुटवल धागो

कारखानाको एउटा ब्लकलाई अस्पतालको मापदण्डअनुसार तयार पारेर फिनिसिङ्ग गर्ने काम भइरहेको प्रमुख सुवेदीले बताए।पहिलो चरणमा एउटा ब्लकमा एक सय बेडको आईसोलेशन कक्ष निर्माण गर्ने काम चलिरहेको उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए।अहिले आईसोलेसन संगै बाहिरी क्षेत्रमा तारवार लगाउने, शौचालय बनाउने र भवन परिसरलाई नै संक्रमण रहित बनाउने तर्फ लागेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए।प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालका फोकलपर्शन र विशेषज्ञलाई समेत निरीक्षण गराएर आइसोलेशन तयार पार्न लागिएको बताए। अस्पतालका बेडका अतिरिक्त उपमहानगरले बनाउन लागेको अर्को अलग्गै र अस्थायी अस्पताल हो।बुटवलमा हाल आइशोलेशनका लागि ३४ बेड तयारी अवस्थामा रहेको प्रदेश ५ का स्वास्थ्य निर्देशक डाक्टर विनोद गिरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा