घुम्टे युवाद्वारा १२ घर परिवारलाई विद्युत मिटर बक्स वितरण

७ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काैरव खत्री / बागलुङ  – सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको पहल तथा व्यवस्थापनमा वडा भित्रका १२ विपन्न घरधुरीलाई केन्द्रिय विद्युतको मिटरबक्स र एमसिबी वितरण गरिएको छ । मल्म सिरबारेका मन बहादुर दमाई, दुर्गा बहादुर दमाई, डिल बहादुर दमाई, झेडे दमाई, जुना दमाई, तिले दमाई, सुरेश सुनार, धन बहादुर दमाई, मेहरसिंह सुनार र झिर्काका पृथ बहादुर माझी, शिवलाल दर्जी र श्रीप्रसाद रानालाई मिटर बक्स उपलब्ध गराईएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । वडा नं ७ को समन्वय तथा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको सहकार्यमा मिटरबक्स उपलब्ध गराईएको अध्यक्ष थापाले बताउनु भयो ।नेपाल विद्युत प्राधिकरणको विपन्न परिवारलाई निशुल्क मिटर बक्स उपलब्ध गराउने योजना अन्तर्गत संस्थाको कार्यालयमा आयोजित

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले १२ घर परिवारलाई मिटर बक्स हस्तान्तरण गर्नुभएको हो । मिटर बक्स उपलब्ध गराउन संस्थाले कागजी प्रकृया मिलान गरिदिएको थियो भनें नेपाल विद्युत प्राधिकरणको कार्यालयमा सम्पुर्ण व्यवस्थापनमा सहयोग महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाले गर्नुभएको थियो । मिटर बक्स प्राप्त गरेपछि उनीहरु खुसी भएका छन । घुम्टे युवा परिवारले उज्यालोमा बस्न व्यवस्था गरिदिएको भन्दै उनीहरुले धन्यवाद समेत ज्ञापन गरेका छन । मिटर बक्स हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले कल्वले स्थानिय स्तरमा सामाजिक क्षेत्रमा पुराएको योगदानले समृद्व समाज निर्माणमा भुमिका खेलेको बताउनु भयो । मिटर बक्स उपलब्ध हुनुले विपन्न परिवारको जीवन स्तरमा सहजता हुने वडा अध्यक्ष थापाले उल्लेख गर्नु भयो । मिटर बक्स वितरण कार्यक्रममा संस्थाको कार्य समिति पदाधिकारीहरु, सल्लाहकार, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया