लियो क्लब अफ वालिङ सिटिको अध्यक्षमा दिक्षान्तप्रताप खाँण निर्वाचित

७ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा- लियो क्लब अफ वालिङ सिटिको अध्यक्षमा दिक्षान्तप्रताप खाँण निर्वाचित हुनुभएको छ । क्लबको वालिङमा सम्पन्न अधिवेसनले सन २०२०÷०२१ का लागि खाँणलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले अध्यक्षीय सल्लाहकारमा विशाल बगाले,प्रथम उपाध्यक्षमा सुमना लामिछाने –मनिषा०, द्धितिय उपाध्यक्षमा खुम शर्मा विपुल, तृतिय उपाध्यक्षमा प्रज्वल रनपाल,सचिवमा हरि रेग्मी, सहसचिवमा नेत्रबहादुर खत्रि, कोषाध्यक्षमा इन्द्रा श्रेष्ठ एन्जल, पिआरओमा सरोज लम्साल, क्लब निर्देशकमा मणि सुवेदी,सचेतकमा समिर श्रेष्ठ, संरक्षकमा किशोर बस्याल, कमिटि चियर पर्सनमा सिद्धान्तप्रताप खाँणलाई चयन गरेको छ ।

कार्यक्रममा लायन्स क्लबका पुर्व अध्यक्ष तथा ३२५ बि वान चिल्ड्रेन अवारनेस चेयरप्रसन चेतनारायण श्रेष्ठले क्लब स्थापनाको छोटो समयमा नै सामाजिक तथा रचनात्मक कार्यमा परिचित भएको भन्दै प्रशंशा समेत गर्नुभयो । त्यस्तै लायन्स क्लबका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले युवाहरुको क्रियाशिलता प्रति आफूहरुका सदैव साथ र सहयोग रहने बताउनु भयो । कार्यक्रममा शिक्षक नवराज पौडेललगायतले बोल्नुभएको थियो । बर्ष २०१९ र २० का अध्यक्ष विदुषा बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मणि सुवेदी र सञ्चालन सह (सचिव हरि रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खाँणले युवाको नेतृत्व विकास गर्दै सकरात्मक कार्यमा उत्प्रेरित गराउन आफू लागि पर्ने बताउनु भयो । उहाँले सबैको साथ र सहयोगले नै आफूहरुलाई सामाजिक कार्यमा लाग्न हौसला मिलिरहेको स्पष्ट पार्नुभयो

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न