मेस्सी र रोनाल्डो भन्दा एमबाप्पे महंगो

८ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
10 Shares


काठमाडौं / पछिल्लो विश्वकप फुटबलबाट उदाएका फ्रान्सका खेलाडी केलियन एमबाप्पेले लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।पेरीस सेन्ट जर्मेन पीएसजी का स्ट्राइकर केलियन एमबाप्पे विश्वकै सर्वाधिक मुल्यवान खेलाडी बनेका हुन् ।ट्रान्सफरमार्केटले सार्वजनिक गरेको एक अध्ययन अनुसार फ्रान्सका युवा स्टार एमबाप्पे मुल्यवान खेलाडी बनेका हुन् ।एमबाप्पेको मूल्य १ सय ८९ मिलियन पाउण्ड रहेको छ । उनले म्यानचेस्टर सिटीका स्ट्राइकर रहिम स्ट्रर्लिङलाई पछि पारेका छन् ।

दोस्रो स्थानमा रहेका स्ट्रर्लिङको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहेको छ ।पीएसजीकै फरवार्ड नेयमार तेस्रो, लिभरपुलका साडियो माने चौंथो र मोहमद सलाह पाँचौं स्थानमा रहेका छन् ।नेयमारको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहदा माने र सलाहको मूल्य समान १ सय ४१ मिलियन पाउण्ड रहेको छ ।सर्वाधिक महंगा खेलाडीको सूचिमा मेस्सी ८ औं नम्बरमा छन् भने रोनाल्डोको नाम टप टेनभित्र समेत अटाएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बिदेशबाट आई होम क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य जांच,सबैको स्वास्थ्य अवस्था…
  • सिरहाको लहानमा राहत स्वरुप काक्रो बितरण
  • अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
  • लालबन्दीमा लक डाउन प्रभावितलाई राहत दिन सुरु, शिक्षक महासंघ र…
  • मंगलबारको दिन भगवान गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद