एकै दिन ४० जना कोरोना संक्रमित

८ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ ।भारतका २२ राज्यमा कोरोना फैलिएको छ । सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा छन् । महाराष्ट्रका चार शहर मुम्बई, पुणे, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लकडाउन गरेको छ । दिल्ली र उत्तर प्रदेशमा पनि सबै सपिङ मलहरु बन्द गरिएको छ ।

कोरोना संक्रमण फैलिँदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ‘जनता कर्फ्यू’ घोषणा गरेका छन् । घरबाट बाहिर कोही पनि ननिस्किएर ‘जनता कर्फ्यू’लाई सफल बनाउन उनले आह्वान गरेका छन् ।यस अवधिमा भारतभर २२ घण्टासम्म यात्रुवाहक रेल सन्चालन हुने छैनन् । एयरलाइन्स कम्पनीहरुले पनि ४० प्रतिशत उडान बन्द गर्ने निर्णय गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण