युवा पनि कोरोना भाइरसको उच्च जोखिममा :डब्लूएचओको

८ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ ।डब्लूएचओका डाइरेक्टर टेडरोज एडहानोम गिब्रियसोसले भनेका छन्, ‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन । उनीहरु कसैको मृत्यु र जीवनको कारक बन्न सक्छन् । त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी कायम राखुन् ।’धेरैजसो देशहरुमा कोरोना भाइरसबाट वृद्धवृद्धा धेरै प्रभावित हुन्छन् र युवाहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्छ

भन्ने अफवाह फैलिइरहेको बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।डब्लूएचओको मुख्यालयमा आयोजित अनलाइन प्रेस कन्फ्रेन्समा गिब्रियसोसले भने, ‘कोरोना भाइरसबाट पाका व्यक्तिहरु बढी प्रभावित भएका त छन् नै, तर युवाहरु पनि यसबाट जोगिएका छैनन् ।’उनले युवाहरुलाई चेतावनी दिँदै भने, ‘तपाईंहरु अजय हुनुहुन्न । कोरोना भाइरसले तपाईंलाई एक हप्तामै अस्पताल पु¥याउनसक्छ या मार्न पनि सक्छ । यदि तपाईं बिरामी हुनु भएन भने पनि कसैको मृत्युको कारण बन्न सक्नु हुन्छ ।’डब्लुएचओका अनुसार कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ हजार व्यक्तिको मृत्यु र साढे दुई लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…