समुदायको सुरक्षाको लागी सरोकरवाला सचेत हुनु पर्ने

प्रकाशित मिति:

कमल चौधरी ८ चैत्र कपिलबस्तु । समुदायको स्वास्थ्य तथा सुरक्षाको लागी सबै सरोकारवाला सचेत र सजक हुनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिनुभयो । उहाँहरुले बुद्धभुमी नगरपालिका वडा नं. ८ को वडा कार्यालयमा शुक्रबार अयोजित सामुदायिक स्तरको अन्र्तक्रिया कार्यक्रममा व्यक्तिगत तथा समुदायिक स्वास्थ्य र सुरक्षाका लागी सचेत हुनुपर्नेमा जोड दिनुभएको हो ।
घरघरमा शिक्षा तथा आत्मानिर्भर विकास संस्था नेपाल र ग्लोबल फेयरनेश ईनिसियटिभको सहकार्यमा संचालित बेटर व्रिक नेपाल परियोजना अन्र्तगत भएको समुदायिक स्तरको अन्र्तक्रिया कार्यक्रममा बुद्धभुमी नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष कपिलदेव तिवारीले अहिले विश्व नै नोभल कोरोनो भाईरसको कारण संकट अवस्थामा रहेका बताउँनुभयो ।
उहाँले वद्धभुमी नगरपालिका र वडा नं. ८ कार्यालयले पनि नोभल कोरोना भाइरसका लक्षणहरु र यसबाट सुरक्षित हुने उपायहरुबारे सचेतना मुलक सुचना तथा कार्यक्रम गर्दै आएको जनकारी दिनुभयो । वडा अध्यक्ष तिवारीले ईट्टा उद्योगमा नेपाली तथा भारतीय मजदुरहरुको सझ कार्य स्थल भएको हुँदा भारतीय मदजुरहरुलाई केही समयको लागी आवज जावतमा रोक लगाउने समेत बताउँनुभयो । त्यस्तै उहाँले विदेशबाट आउँने नेपालीहरुको सुचना संकलन गरी उनिहरुलाई निगरानी गर्दै जाने जानकारी समेत दिनुभयो ।
त्यस्तै हरिहरपुर स्वस्थ्य केन्द्रका प्रमुख कमल ज्ञवालीले सरकारले स्वस्थ्यमा प्रयाप्त लागनी गर्न जारुरी रहेको बताउँनुभयो । उहाँले सरकार भौतिक संरचना निर्माण कार्यमा मात्र ध्यान केन्द्रीत रहेको भन्दै अब स्वास्थ्य क्षेत्रमा प्रयाप्त लागनी गर्न जरुरी रहेको बनताउँनुभयो । उहाँले नोभल कोरोनो भाइरसबाट कसरी आफू र अरुलाई बचाउने भन्ने विषयमा नियमित स्वस्थ्यकार्मी विच छलफल हुने गरेको बताउँनुभयो । उहाँले कोरोना भाइरस मात्र नभएर विभिन्न किसिमका रोगबाट बच्नको लागी आम समुदाय सचेत र सजक हुन जरुरी रहेको भन्दै सम्पूर्ण अगुवा बुद्धिजिवीहरुले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्नुपर्ने धारण राख्नुभयो ।
त्यस्तै उहाँले बेटर व्रिक नेपाल परियोजनाले बालबालिकाको क्षेत्रमा धेरै राम्रो कार्य गर्दै आएको भन्दै उत्पीडित समुदाय र विशेषगरी ईट्टा उद्योगमा कार्यरत मजदुरहरुको स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको कार्यक्रम आफुहरुले पनि गर्दै आएको जनकारी दिनुभयो । उहाँले उद्योगमा कार्यरत मदजुरका छोरा छोरीलाई पोलियो, दादुरा, रुवेला लगायतका खोपहरु प्रमुख प्रथामिकताका साथ दिने गरेको बताउँनुभयो । उहाँले सम्पूर्ण मनिसमा मानवताको भावनाको विकास हुन जरुरी रहेको भन्दै उत्पीडित समुदाय, मजदुर, गरिव परिवारका बालबालिकाहरुलाई शिक्षाको लागी आर्थिक सहयोगको पहल समेत गरेको बताउँनुभयो ।
त्यस्तै बुद्धभुमी नगरपालिका–८ कोटिया डाँडाका प्रचार्य गोकर्ण राज पोख्रेलले सम्पूर्ण मनिसहरु सरसफाईमा विशेष ध्यान दिन जरुरी रहेको बताउँनुभयो । त्यस्तै उहाँले ईट्टा उद्योगले बाटोघाटोको अवस्था विग्रिने र धेरै धुलोहरु उड्ने हुँदा स्थानिय समुदायको स्वस्थ्या असर नपर्ने गरी काम गर्न उद्योगीहरुलाई आग्रह गर्नुभयो । त्यस्तै उहाँले उद्योगमा कामगर्ने मजदुरका बालबालिकाहरुको लागी बालविकास संचालन गर्नु धेरै राम्रो कार्य रहेको धारण राख्नुभयो । उहाँले बेटर व्रिक नेपाल परियोजना मार्फत संचालित प्रराम्भिक बालविकास सवै ईट्टा उद्योगहरुमा संचालन हुन जरुरी रहेको बताउँनुभयो । जुनसुकै स्थानका बालबालिका भए पनि उनिहरुलाई शिक्षाबाट बञ्चित गर्न नहुने भन्दै बुद्धभुमी नगरपालिका वडा नं. ८ स्थित सेभेन स्टार, न्यू सेभेन स्टार, बुद्ध र लक्की लगायका ईट्टा उद्योगमा बाल विकास संचालनले राम्रो कार्य गरेको बताउँनुभयो । उहाँले उद्योगमा पढ्ने बालबालिकाको खाजा व्यवस्थापनको लागी एम.आई.एस गर्ने र नगरपालिकाबाट पनि ति मजदुरका बालबालिबाको खाजाको व्यवस्था हुन आवश्यक रहेको बताउँदै आफुले सक्दो पहल गर्ने प्रतिवद्धता गर्नुभयो ।
त्यस्तै कार्यक्रममा सेभेन स्टार ईट्टा उद्योगका उद्योगी कृष्ण पोख्रेलले स्थनिय समुदाय, मजदुर र तिनका बालबालिकाको स्वास्थ्य तथा सुरक्षाको लागी आफुहरु सचेत र सजक रहेको जानकारी समेत दिनुभयो । उहाँले पछिल्लो समय विश्वमनै माहामारीको रुपमा रहेको कोरोना भाइरसबाट बाँच्नको लागी विभिन्न किसिमका उपयहरु अपनाईरहेको र भारतमा पनि कोरोना भाईरस देखा परेको हुँदा भारतीय मजदुरलाई केही समयको लागी आवत जावतमा रोक लगाएको बताउँनुभयो । उहाँले ईट्टा उद्योगको रुपान्तरण गर्न आफूहरु हरपल तयार रहेको र स्थानिय जनप्रनिधि, समाजिक अगुवा, संघसंस्थाहरुको सहकार्यमा नै उद्योगमा बालबालिकालाई काममा नलगाएको, स्वास्थ्य तथा सुरक्षामा ध्यान दिदै अगाडी बढ्दै गएको बताउँनुभयो । त्यस्तै उद्योगी पोख्रेलले ईट्टा उद्योगमा नेपाल सरकारको न्युनतम पारिश्रमिकको व्यवस्था समेत गरेको जिकिर गर्नुभयो ।
त्यस्तै कार्यक्रममा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले कामदार मैत्री उद्योग एवंम् उद्योग मैत्री स्थानिय शासन हुन जरुरी रहेको बताउँनुभयो । उहाँले बेटर व्रिक नेपाल परियोजनाको बारेमा प्रकाश पर्दै यस परियोजनाले ईट्टा उद्योगको समग्र रुपान्तरण गर्न र व्यवसायिक सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेलको बताउँनुभयो । उहाँले अन्र्तक्रिया कार्यक्रममा उद्योगमा बालश्रम गर्न नहुने, कुनै पनि मजदुरलाई बाध्यकारी ईच्छा विपरित काम गर्न लगाउन नहुने, मजदुरको उचित पारिश्रम हुनुपर्ने, कार्यस्थल सुरक्षा र स्वास्थ्यको उचीत व्यवस्था हुनुपर्ने र अमानवीय व्यवहार गर्न नहुने भन्दै बेटर व्रिक नेपालका ५ वटा मापडण्डहरुको बारेमा प्रस्तुत पार्नुभएको थियो ।
त्यस्तै उहाँले सकारात्मक रुपान्तरण कार्यमा अगाडी वढेका ईटा उद्योगहरुलाई हौसला दिन स्थानिय संघ संस्था, वौद्धिक व्यक्तित्वहरुले समेत उत्तरदायी उपभोगको संस्कृति निर्माण गर्नु पर्ने बताउँदै यस विषयमा सवैको चासोको विषय हुनुपर्ने बताउँनुभयो । उहाँले वालश्रम लगायत मानव अधिकारका पक्षहरुलाई समेत ध्यान दिदै श्रमिक वर्गहको हितलाई समेत ध्यानमा राखेर उद्योगीहरुले वस्तुहरुको उत्पादन गर्न सकारात्मक दवाव दिन उपभोगको संस्कृति अपनाउनु आजको आवश्यकता रहेका वताउनुभयो ।
त्यस्तै कार्यक्रममा बुद्धभुमी नगरपालिकाका वडा सविच प्रकाश गौतम, निमडाँडा मा.विका प्राचार्य जगन्नाथ चौधरी, नेपाल राष्ट्रिय अधारभुत प्रा.विका प्रचार्य शेखर पन्थी, निमडाँडा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद चौधरी, बुद्ध ईट्टा उद्योगका उद्योगी विनोद पन्त लगायतका समाजसेवी बुद्धिजीव, जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी, उद्योगी, बाल क्लब, टोलविकास प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम बुद्धभुमी नगरपालिका वडा नं. ८ वडा अध्यक्ष कपिलदेव तिवारीको अध्यक्षता तथा कमल चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

थप समाचार