भगवति निम्न माध्यामिक बिद्यालयलाई नगद १ लाख हस्तान्तरण

प्रकाशित मिति:

कौरव खत्री / गुल्मी – गुल्मीका भगवति निम्न माध्यामिक विद्यालयलाई नगद १ लाख हस्तान्तरण गरिएको छ। मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराई बाङ्गे स्थित भगवति निम्न माध्यमिक विद्यालयको लागि सोही वडा बाङ्गे निवासी हाल जापान र लण्डनमा रोजगारीको शिलशिलामा कार्यरत रहेका शिक्षा प्रेमी घनश्याम घिमिरे, लोकनाथ घिमिरे, टिकाराम घिमिरे, कृष्ण घिमिरे, यादव घिमिरे र नारायण घिमिरे संयुक्त रुपमा स्वर्गीय बुबाहरु गुणानिधि घिमिरे, नुमाकान्त घिमिरे, यादव घिमिरेको स्मृतिमा, विद्यालयलाई नगद रु १ लाख हस्तान्तरण गरेका छन् ।

सोही अवसरमा नगद रकम माता टोपली घिमिरेले विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दान बहादुर केसी,शिक्षक अभिभावक संघ अध्यक्ष ज्ञान बहादुर गुरुङ्ग र विद्यालयका प्रधानाध्यापक श्यामन्त नेपालीलाई रकम हस्तान्तरण गरेकी थिइन ।यस्तै सोही अवसरमा मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराई बाङ्गे निवासी हाल रोजगारको शिलशिलामा कतारमा कार्यरत रहेका समाजसेवी घन बहादुर नेपालीले विद्यालयको लागि रु ५० हजार बराबरको स्मार्ट टेलिभिजन बिद्यालयलाई हस्तान्तरण गरेका छन् ।