अमेरिकी उपराष्ट्रपतिका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति:

एजेन्सी / अमेरिकी उपराष्ट्रपतिका एक सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।यद्यपि उपराष्ट्रपति माइक पेन्ससँग उनि सम्पर्कमा पुगिनसकेको दावी गरिएको छ ।सवास्थ्य विभागको निर्देशिका अनुसार उक्त व्यक्ति कस कससँग सम्पर्कमा आएका थिए भन्ने बारेमा पत्ता लगाउने प्रयास भइरहेको छ ।ह्वाइट हाउसले आफ्नो परिसरमा प्रवेशका लागि कडा निर्देशिका जारी गरेको छ । ह्वाइट हाउस प्रवेश गर्न खोज्नेहरुको राष्ट्रपतिका डाक्टर र सेक्रेट सर्भिसका एजेन्टले ती व्यक्तिको तापक्रम परीक्षण गरिरहेका छन् ।

ह्वाइट हाउसको प्रेश ब्रिफिङ कक्षमा पनि बसाई व्यवस्थापनलाई फेरिएको छ । उचित दूरी कायम गर्नका लागि यसो गरिएको हो ।अमेरिकामा यो भाइरसका कारण हालसम्म २६४ जनाको मृत्यु भइसकेको छ ।