निरा गृहाणी समाजद्वारा २ दिने महिला कानुनी सम्बन्धी तालिम सम्पन्न

८ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


इमरान खान / कपिलवस्तु  – कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ८ को आयोजनामा तथा निरा गृहाणी समाज, कपिलवस्तुको सहकार्यमा दलित, थारु, तथा पिछडिएका महिलाहरुलाई २ दिने कानुनी तालिम कार्यक्रम सम्पन्न भएको छ । बिश्वभरी संक्रमित फैलिएकोे कारोना भाइरसका कारण कार्यक्रमलाइ २ ठाँउमा राखेरा गरेका थिए उक्त कार्यक्रममा ७० जना महिलाहरुको सहभागिता रहेको थियो । दलित महिला ,थारु महिला समुदाय लगायत पिछाडिएका महिलाहरुलाई कनुनी प्रशिक्षण् दिदै कुन समयमा बिवाह गर्ने , के कसरी समाजमा स्थापित हुने, महिलाको अधिकार के हो, महिलाहरु किन पछाडी परेका छन त्यसमा कस्को कमी कमजोरी रहेको ,

महिलाहरु अगामी दिनमा कसरी अगाडी बडने भन्ने बिभिन्न बिषयमा जनचेतना मुलक २ दिने कानुनी तालिम दिएका हुन । प्रशिक्षण दिनेहरुमा काठमाडौबाट पाल्नु भएका अधिवक्ता अमुल्य ढुंगेल अधिवक्ता जश्मिन कर्माचार्य तथा नेपाल बार इकाई कपिलवस्तुका अध्यक्ष भोला प्रसाद बिश्वकर्माले महिलाहरुलाई प्रशिक्षण दिनु भएका थिए ।उक्त कार्यक्रम प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका उप—प्रमुख लक्ष्मी गुप्ता, विशिष्ठ अतिथिमा कपिलवस्तु नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शिव कुमार पाण्डेय तथा अनुगमन मा कपिलवस्तु नगरपालिकाका समाजिक बिकास अधिकृत पदम श्रेष्ठ, बिजय वाग्ले हुनुहुन्थ्यो ।

 

उक्त कार्यक्रम अन्र्तगत नेपाल पत्रकार महासंघका प्रदेश नं. ५ का प्रदेश पार्षद एवम मध्यान्हा राष्ट्रिय दैनिक पत्रिका काठमाडौ, लुम्बिनी राष्ट्रिय दैनिक पत्रिकाका कपिलवस्तु सम्बादाता, सबल पोस्टका कपिलवस्तु स्मबादाता एवम इन्टरभियु खबर आनलाईन, बुद्व खबर आनलाईनका प्रमुख संचालक पत्रकार इमरान खान तथ नेपाल टेलिभिजनका कपिलवस्तु सम्बादाता बासुदेव बर्मा लाई महिलाहरुको उत्थान, बिकास, र स्वभिमानका लागी लामो समय देखि निरन्तर कलम चलाउदै आएकोमा उच्च योगदानको सम्मान गर्दै प्रशंसा—पत्र प्रदान गरएिको थियो । उक्त कार्यक्रमको अध्यक्षता निरा गृहाणी समाज की अध्यक्ष निरा तिमिल्सिनाले गर्नु भएको थियो भने कार्यक्रमका संचालक मोनिका श्रीवास्तवले गर्नु भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया