सुनको मूल्य बढ्दै

प्रकाशित मिति:

दसैंमा सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा सोमबार प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य ६ वर्षयताकै उच्च हो ।

यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मुल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार दुई वर्षअघि मूल्य बढेर ५८ हजार पुगेर पुनस् ४८ हजार रुपैयाँमा झरेको थियो । त्यसपश्चात बढ्न थालेको सुनको भाउ मंगलबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको हो ।