२७ वर्षीया आमाको बच्चालाई जन्म दिनेबित्तिकै काेराेनाबाट मृत्यु

८ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी  –  पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ ।नाम सार्वजनिक नगरिएकी ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ ।विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ ।

ती महिलालाई आफ्नै आमाबाट कोरोनाभाइरस संक्रमण भएको मानिएको छ । उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ ।पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया