अडियोमार्फत भ्रम फैलाउने पक्राउ

८ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
4 Shares

korona

काठमाडौँ — कोरोना भाइरस ९कोभिड १९० को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जालमार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।

साइबर व्यूरो स्रोतका अनुसार भ्रमपूर्ण अडियो क्लिप शनिबार बिहान ८ बजेतिर सामाजिक सञ्‍जालमा देखा परेको थियो । पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत उक्त अडियो पहिले सावर्जनिक भएको र पछि सामाजिक सञ्जालमाफैलिएकोप्रहरी प्रहरी स्रोतले जनायो । मगरसँग प्रहरीले विस्तृत बयान जारी राखेको छ । पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए। उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए।विश्‍वव्यापी महामारी बनेको कोरोना भाइरसबाट पछिल्लो तथ्यांकअनुसार ११ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। संक्रमितको संख्या करिब पौने ३ लाख पुगिसकेको छ। सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै लामो दूरीको यातायात, अन्तर्राष्ट्रिय उडानहरु रद्द गर्ने निर्णय गरिसकेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कोरोनाको आशंकामा आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ
  • जय श्री विश्वकर्मा समाजद्वारा लकडाउनका कारण प्रभावित परिवारलाई खाद्यान्न वितरण
  • जान्नुहाेस्, यी बानीहरू जसले हामीलाई प्रगति गर्नबाट रोक्छ
  • थाहापाउनुहोस्,श्री कृष्णको मृत्यु कसरी भयो ?
  • मौरीकाे मह खाँदा यस्ताे कुरामा फाईदा
  • डब्लूएचओलाई दिइदै आएको सहयोग रोक्ने  ट्रम्पको चेतावनी
  • देशका केही स्थानमा हावाहुरीको पूर्वानुमान
  • चन्द्रमाको फरक रङ स् खगोल शास्त्रका लागि दुर्लभ
  • वालिङमा ‘कुपन सिस्टम’ बाट राहत वितरण शुरु
  • सिरहामा लकडाउन उलघन गर्ने २८ साबरी साधन प्रहरीको नियन्त्रणमा