तरुण दलका महासचीव शाहीले नि शुल्क मास्क वितरण गर्ने

८ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ। नेपाल तरुणदलका महासचिव भुपेन्द्रजंग शाहीले निःशुल्क रुपमा कोरोनाबाट बच्ने सामाग्री बाढ्ने बताएका छन्। विश्वमा माहामारीका रुपमा फैलिरहेको कोरोनाभाईरस कोभिड १९० बाट बच्न सामान्यतया मास्क, सेनिटाइजर, रुपमाल, साबुन, स्वच्छता सम्बन्धि जानकारी आवश्यक पर्दछन्। यसैका निम्ति स्थानीय स्तरका मानिसहरु कोरोनाका बारेमा सुनिएका खबर र सूचनाहरुका कारण त्रसित छन्। उक्त अवस्थालाई साथ दिन गत २०७४ को निवार्चनमा कालिकोटबाट प्रतिनिधि सभाका उम्मेदार बनेको तरुणदलका महासचिव शाहीले मास्क वितरण गर्ने जनाएका छन्।

शनिबार महासचिव शाहीले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘चुनावमा झ्याप झ्याप्ती फ्रीमा टिसर्ट र टोपी बाड्ने प्रत्येक दल र उमेद्वारले अहिले फ्री मा उत्तिकै माक्स बाडे हुने नी। यसरी सामाजिक सञ्जालमा आएको यो कुराले मलाई निकै नै मन छोयो।  उनले अगाडि लेखेका छन्, ‘र तपाइहरुको सुझाव एकदमै घत लाग्दो र अनुकरणीय लाग्यो। त्यसैले गएको निर्बाचनमा म उम्मेदवार भएको निर्बाचन क्षेत्र कालिकोटमा मेरो तर्फबाट निःशुल्क रुपमा मास्क वितरण गर्न लागिएको कुरा जानकारी गराउँदछु।

फेसबुकबाट तपाईको प्रतिक्रिया