समितिद्धारा एकलाख राहत रकम स्व.गुरुङको परिवारलाई हस्तान्त्ररण

प्रकाशित मिति:

यमलाल भुसाल  बुटवल ८ चैत – पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले चौकी ईन्चाज राम गुरुङको निधन भएकोमा राहत रकम परिवारलाई प्रदान गरेको छ । समितिले कार्यरत कर्मचारीको मृत्यु भएमा राहत रकम स्वरुप परिवारलाई नगद १ लाख रुपैया दिने व्यवस्था भए बमोजिम शनिवार स्व.गुरुङको घर बुटवल ४ लक्ष्मीनगरमा पुगेर श्रीमती आरती गुरुङलाई चेक प्रदान गरेको हो ।गुरुङको ५३ वर्षको उमेरमा ह्दयघातका कारण यही चैत २ गते निधन भएको थियो । पश्चिमाञ्चल यातायात व्यवसायी समितिसमितिका अध्यक्ष यम प्रसाद पाण्डे वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की ,कोषाध्यक्ष हरि प्रसाद रिमाल कार्यालय प्रमुख वाबुराम अधिकारी , पश्चिमाञ्चल यातयात स्वतन्त्र कर्मचारी युनियनका पुर्व अध्यक्ष प्रकाश गैरे लगायतको उपस्थितीमा राहत रकम हस्तान्त्ररण गरिएको महासचिव जित बहादुर भाटले जानकारी दिनु भयो । त्यसैगरि स्वं .गुरुङको परिवारलाई पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनका तर्फवाट पनि नगद १ लाख रुपैया प्रदान गरिएको थियो ।