कोरोना संक्रमणको आशंकामा एकजना आइसोलेसनमा

८ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


झापा– भारतसँग सीमा जोडिएको पूर्वी नेपालको झापामा ज्वरो आएका तथा घाँटीमा समस्या भएका एक जनाको आइसाेलोसनमा राखेर उपचार भइरहेको छ।कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले विश्वका अधिकांश मुलुक आक्रान्त भइरहँदा सीमावर्ती झापामा काेराेना संक्रमणकाे आशंकामा एक जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको हो।बनियानी झापाका एकजनाको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिए।उनको थ्रोट स्वाब परीक्षणका लागि शुक्रबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइसकिएको छ। परीक्षणको रिपोर्ट आइतबार मात्र आउने डा. ठाकुरले बताए।झापाकाे मेचीनगर तथा

भद्रपुरमा शंकास्पद बिरामी तथा उनीहरुका नजिकका तथा सम्पर्कमा आएका व्यक्तिहरुका लागि राखिने स्थान क्वारेन्टाइनमा अहिलेसम्म कोही पनि बस्नु नपरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।उनले भने, ‘अहिलेसम्म कसैलाई पनि राख्नु परेको छैन। राख्नु परे स्थान तयार छ।’८३ हजार जनाको ज्वरो नापियो – गत फागुन २५ गतेदेखि चैत ८ गते शनिबारसम्म पूर्वी नाका काँकरभिट्टामा करिब ८३ हजार मानिसको ज्वरो मापन गरिएको छ।ज्वरो आउनेमा अधिकांश भारतीय नागरिक छन्। उनीहरुमा उच्च ज्वरो देखिना साथ भारततिरै फिर्ता गर्ने गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केहीलाई सामान्य ज्वरो आएको देखिएपनि भारततिरै फर्काइने गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग