अमेरिकाले थाल्यो यी औषधिमाथि मानवीय परीक्षण

८ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास विश्वव्यापी रुपमा भइरहेका छन्। कोरोना भाइरसविरुद्धका सम्भावित औषधिहरुको परीक्षण पनि भइरहेका छन्। यसरी परीक्षण गरिएका औषधिहरुमा क्लोरोक्वीन र हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरस विरुद्धको सबैभन्दा प्रभावकारी सम्भावित औषधिका रुपमा लिइएको छ। यी औषधिको मानवीय परीक्षणका लागि अमेरिकी सरकारले फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) लाई बिहीबार नै स्वीकृति दिएको थियो।फ्रान्समा यसअघि भएको परीक्षणमा हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध सकारात्मक काम गरेको देखिएको थियो। फ्रान्समा भएको परीक्षणमा कोरोना भाइरसको संक्रमण भएका ५० प्रतिशतमा (परीक्षणमा सहभागी भएका मध्ये) तीन दिनसम्म यो औषधि प्रयोग गर्दा कोरोनाको संक्रमण देखिएको थिएन वा निको भएको थियो।

तर अहिले नै यो औषधि कोरोना भाइरस विरुद्धको उपयुक्त औषधि हो भन्ने अवस्था भने आएको छैन।फोर्ब्सका अनुसार प्लाक्वेनिल ब्राण्ड नाममा बिक्री वितरण हुने गरेको हाइड्रोक्लोरोक्वीन क्लोरोक्वीनसँग सम्बन्धित छ। क्लोरोक्वीन सन् १९५० दशकमा मलेरियाको उपचारका लागि प्रयोग गर्न स्वीकृत गरिएको थियो। त्यसपछि यो औषधिको प्रयोग अरु रोगहरुको उपचारमा पनि बिस्तारित भएको छ। लुपस, आर्थराइटिस, स्जोग्रेन सिंड्रोम, लाइम डिजिजसहितको उपचारमा यो औषधि प्रयोग हुने गरेको छ।यो औषधिले बिरामीको इम्युन सिस्टम बलियो बनाएर रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। तर यसका केही साइड इफेक्ट पनि छन्, टाउको दुख्ने, भोक नलाग्ने, वान्ता हुने, छाला चिलाउनेसहितका समस्या देखिन सक्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया