स्वदेश फर्किएका ६२ जना नेपालीलाई ‘क्वारेण्टाइन’ मा

८ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


भक्तपुर – विभिन्न देशबाट स्वदेश फर्किएका ६२ जना नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेण्टाइनमा राखिएको छ।विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएसँगै दुबई र कतारलगायतका देशबाट फर्किएका उनीहरुलाई क्वारेण्टाइनमा पठाइएको हो ।थाई एयरवेजबाट आएका ४९ र एयर इण्डियामा आएका १३ जना नेपालीलाई क्वारेण्टाइनमा पठाइएको छ ।क्वारेण्टाइनमा २ जना डाक्टरसहित नर्स र अरु स्वास्थ्यकर्मी गरी पाँच जना खटिएका र एउटा एम्बुलेन्स तथा त्यसका चालक तयारी अवस्थामा राखिएका छन्। स्वाब भने आइतबार सङ्कलन गरिने भएकाे छ । विमानस्थलबाट उनीहरुलाई बसमा राखेर स्कर्टिङ्ग गर्दै पौने ६ बजे क्वारेण्टाइनमा पुर्याएको महानगरीय प्रहरी

परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।उनीहरुलाई कम्तीमा १४ दिन क्वारेण्टाइनमा राखिनेछ।सङ्क्रमण पोजेटिभ देखिए उपचारका लागि शहिद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु लगिनेछ । आफ्नै ईच्छाले नेपाल फर्किएका उनीहरु क्वारेण्टाइनमा रहँदाको खर्च आफैँले बेहोर्नुपर्नेछ।प्राधिकरणको क्यान्टिनमा खाना बनाएर प्याकिङ्ग गरी उनीहरुलाई खाना पठाइएको र क्वारेण्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सबै व्यवस्थापन गरिएको छ। क्वारेण्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षा दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया