कोरोना भाइरस कारण अमेरिकामा एकै परिवारका चार जनाको मृत्यु

प्रकाशित मिति:

अमेरिकी मिडियाका अनुसार न्यू जर्सीमा एक महिला तथा उनका तीन वयस्क बच्चाको कोभिड १९ कारण मृत्यु भएको छ ।यो सँगसँगै यही परिवारका अन्य तीन सदस्य पनि अस्पताल भर्ना भएको बताइएको छ ।स्थानीय मिडियामा आएका समाचारअनुसार परिवारका सबै सदस्यले केहीअघि मात्र एउटा डिनर पार्टी आयोजना गरेका थिए ।

ग्रेस फुस्को नामकी यी महिला ७३ वर्षकी थिइन् । उनकी बहिनी रोसेनले मिडियालाई बताएकी छिन्, ‘अस्पताल भर्ना गरिएका परिवारका अन्य सदस्यमध्ये एक जनाको स्वास्थ्यअवस्था अलिक स्थिर छ । अरु दुई अवस्था गम्भीर छ ।’यसबीचमा उनीहरुले अरु १९ जनालाई भेटेकाले उनीहरुको विषयमा सोधखोज सुरु गरिएको छ ।