कोरोना भाइरस:पाकिस्तानमा ३ को मृत्यु, ६४५ जना संक्रमित

प्रकाशित मिति:

एजेन्सी /पाकिस्तानमा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ ।आइतबार विहानसम्म ६४५ जना संक्रमित भएका छन् । त्यहाँ थप १ सय ४४ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ सय नाघेको हो ।उपचारारत ६ सय २९ जनामध्ये केही मानिसको अवस्था गम्भीर छ ।

१३ जना भने निको भएर घर फर्किएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।