रियल मड्रिडका पूर्व अध्यक्षको मृत्यु

प्रकाशित मिति:

एजेन्सी/ कोरोनको भाइरस ९कोभिड १९० को कारण रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको मृत्यु भएको छ । ७६ वर्षय सान्जलाई कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना गरिएको थियो ।लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । ‘मेरो पिताको भर्खरै निधन भएको छ । उनको अन्त्य यस्तो हुन नहुुने थियो,’ उनले लेखेका छन्,‘उनी मैले देखेका अहिलेसम्मकै दयालु, बहादुर र मेहिनती व्यक्ति थिए । परिवार र रियल म्याड्रिडप्रति उनको लगाव थियो ।’

रियल म्याड्रिडले पनि यस विषयमा विज्ञप्ती निकालेको छ । विज्ञप्तीमा भनिएको छ , ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं।’ सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए ।आज रियल त्यस्तो अध्यक्षको शोकमा छ, जसले यसको इतिहासमा ठूला योगदान गरेका छन्,’ विज्ञप्तीमा भनिएको छ । सान्जकै कार्यकालमा रियलले आफ्नो गुमेको साख उकास्दै आफुलाई फेरि विश्वको ठूलो क्लबका रुपमा स्थापित गरेको थियो ।

उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो । दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो ।कोभिड–१९ को महामारीले विश्वभर संकट निम्त्याएका बेला स्पेन सर्वाधिक प्रभावित देशमध्येको एक हो । हालसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् र कुल १ हजार ३७८ जनाको मृत्यु भइसकेको छ ।