प्रहरीले सुरु गर्यो भाइरसको जोखिमबिरुद्ध सावुन पानी अभियान

प्रकाशित मिति:

काठमाडौँ – नेपाल प्रहरीले काठमाडौँमा सावुन पानी अभियान सुरु गरेको छ ।यसको सुरुवात आइतबार विहानैदेखि भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १६ स्थानमा सरसफाइका लागि पानी तथा साबुनको व्यवस्था गरिएको हो ।

मानिसको जमघट बढी हुने काठमाडौँका तीन स्थान तथा अस्पतालहरुमा पानीको ट्यांकी तथा साबुनको व्यवस्था गरिएको हो ।महानगरीय प्रहरी कार्यालयले गौशाला, बानेश्वर र जमलका सार्वजनिक स्थलमै सावुन पानीको व्यवस्था गरेको छ भने १३ अस्पतालहरुमा पानी ट्यांकी र साबुनको व्यवस्थापन गरीएको छ