अमेरिकामा कोरोना संक्रमित बढ्दै, मृत्यु हुनेको संख्या ३४८ पुग्यो

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – अमेरिकामा कोरोनाका संक्रमित बढिरहेको देखिएको छ । पछिल्लो अपडेटमा अमेरिकामा थप ४६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३ सय ४८ पुगेको छ ।अमेरिकामा थप २६ सय ६० संक्रमित भएसँगै संक्रमितको संख्या २६ हजार ८६७ जना संक्रमित भएका छन् ।अमेरिकामा अहिलेसम्म वाशिंगटन राज्यमा सबैभन्दा धेरै ९४ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्क राज्यमा ७६ जनाको मृत्यु भएको छ ।त्यस्तै क्यालिफोर्नियामा २८ जना, लूइसीयाना र जर्जियामा २०-२० जनाको मृत्यु भएको छ । त्यस्तै न्यूजर्सीमा १६ जना, फ्लोरिडामा १३ जनाको मृत्यु भएको छ ।

अमेरिकाका सबै ५० राज्यमा कोरोना संक्रमण फैलिएको छ भने अहिलेसम्म ३३ राज्यका मानिसहरुले ज्यान गुमाएका छन् ।कोरोनाको संक्रमण बढेपछि अमेरिकाका कैयौ राज्यले ‘लकडाउन’ को घोषणा गरेका छन् । अहिलेसम्म क्यालिफोर्निया, न्युजर्सी, केन्टुकी, इलिनियास राज्यमा पनि ‘लकडाउन’ को घोषणा गरेका छन् । त्यस्तै न्यूयोर्कमा पनि मृतक र संक्रमितको संख्या बढ्दै गएपछि गैर आवश्यक व्यवसाय बन्द गर्न आदेश दिइएको छ ।साथै अमेरिकाले शनिबार मध्यरातबाट क्यानडा र मेक्सिको बर्डरसमेत बन्द गरेको छ । यसैबीच अमेरिकी उपराष्ट्रपतिको कार्यालयका कर्मचारीलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ । उपराष्ट्रपति माइक पेन्सले आफु ति व्यक्तिसँग सम्पर्कमा नआएको जानकारी दिदै आफुहरुले पनि कोरोना टेस्ट गर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया