गुल्मीको धुर्कोटमा चोरको बिगविगी

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


गुल्मी – सनिबार राति गुल्मीका विभिन्न स्थानहरुमा चोरी भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वडा न. ४ को जैसिथोकका पसल तथा घरहरुमा चोरी भएको छ । रातिको समयमा अज्ञात समुहद्धारा पसल तथा घरहरुमा गरी १३ स्थानमा चोरी भएको छ ।

पाण्डे मासु पसल, विन्दावासिनि किराना पसल, पोख्रेल इलेक्ट्रोनिक, सुहाना मासु पसलमा तोडफोड गरेका छन् । त्यस्तै वडा न. ४ मा बस्दै आएका वसन्त वि.क को घरमा पनि चोरी भएको छ । घरमा रहेको गरगहना र नगद रु ३० हजार रुपैँया चोरी भएको हो । लाल बहादुर थापा, मिना कुवँर, लक्ष्मण विक, विष्णु नेपाली, फर्सुराम भण्डारी, वविता पोखरेलको खुद्रा पसल पसल, सिता भण्डारी, आम प्रकाश पोखरेलको घरमा तोडफोड भएको छ ।
त्यस्तै शुक्रबार राति धुर्काेट गाउँपालिका वडा न. १ मा वडा कार्यलय लगायत पसलहरुमा चोरी भएको थियो । अज्ञात समुहको खोजि भइरहेको धुर्कोट इलाका प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण