गल्याङ नगर अस्पतालमा आइसोलेशन वार्डको स्थापना ,सबै वडाहरुमा बाहिरबाट आउनेहरुका लागि क्वारेन्टाइनको व्यवस्था हुने

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा । विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट साबधानी अपनाउन स्याङ्जाको गल्याङ नगर अस्पतालमा आइसोलेशन वार्डको स्थापना गरिने भएको छ । नगरप्रमुख भुपराज अधिकारीको संयोजकत्वमा गठित कोरोना रोकथाम समन्वय समितिको आइतबार बसेको बैठकले नगर अस्पतालमा आइसोलेशन वार्ड स्थापना गर्ने निर्णय गरेको हो ।  गल्याङ नगरपालिका वडा नम्बर तीन गल्याङबजार बल्पुुुुकमा नगरपालिकाको स्वामित्वमा रहेको नगर अस्पतालमा आइसोलेशन वार्ड स्थापना गर्न आवश्यक काम गर्ने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख तथा समिति सदस्य लिला भण्डारीले जानकारी दिनुभयो ।  नगर अस्पतालको भवनसँगै रहेको खाली रहेको विद्यालय भवनलाई आइसोलेशन वार्डका लागि प्रयोग गरिने भएको हो ।यस्तै, बैठकले आवश्यकता अनुसार सबै वडाहरुमा क्वारेन्टाइनका लागि आवश्यक काम गर्न वडाध्यक्षको संयोजकत्वमा समिति गठनको निर्णय पनि गरेको छ । समितिले सम्बन्धित वडामा बाहिरबाट आउनेहरुका लागि क्वारेन्टाइनको निर्माण गर्नेछ । यसका लागि घरमा नै छुट्टै बस्ने वातावरण मिलाउने र त्यसो हुन नसके अन्य ठाउँमा व्यवस्थापन गर्ने काम गर्ने स्वास्थ्य शाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
यस्तै, अत्यावश्यक बाहेकका कार्यालयहरु सञ्चालन नगर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी, अत्यावश्यक बाहेकका पसल तथा कार्यालयहरु बन्द गर्नका लागि सम्पूर्ण नगरबासीलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ । यसको समन्वय गर्ने जिम्मा गल्याङ चेम्बर अफ कमर्श र उद्योग वाणिज्य संघलाई दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा