दाङका गिरीले लिए सांसदको सपथ

प्रकाशित मिति:

बुटवल ९ चैत्र । नेपाली कांग्रेसको तर्फबाट रिक्त रहेको प्रदेश सभा सदस्यमा दाङका शंकर गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । यस अघि नेपाली कांग्रेसका सांसद तथा दलका नेता वलदेव शर्मा पोख्रोलको मृत्यु भएपछि उक्त पद रिक्त रहेको थियो । नेपाली कांग्रेसको सिफारिसमा निर्वाचन आयोगले दिएको प्रमाण पत्रका आधारमा गिरीको औपचारिक रुपमा पद तथा गोपनियताको सपथ भएको छ । प्रदेश न ५ को प्रदेश सभाका सभामुख पुर्ण वहादुर घर्तिले एक समारोहकाविच गिरीलाई सपथ दिलाएका हुन् ।

दाङ जिल्लावाट प्रतिनिधित्व गर्ने गरि नेपाली कांग्रेसले पेश गरेको समानुपातिक सुचि अन्तरगत खस आर्यको २ नम्मरमा थिए । त्यस कारण उनी स्तह प्रदेश सभा सदस्यमा निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । सपथ लिएसंगै संचारकर्मीहरुसंग कुरा गर्दै गिरीले पार्टिले ठिलै भएपनि न्याय गरेको महसुस भएको प्रतिक्रिया दिए । उनले पार्टिको निति निर्देशन र आफ्नो पुर्ण विवेक प्रयोग गरि प्रदेश सभामार्फत जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा प्रदेस सरकारका मन्त्रीहरु सांसदहरु एवं दलका नेताहरुले बधाई ज्ञापन गरेका थिए । ०२६ सालदेखि पार्टिको राजनितिमा सक्रिय रहेका गिरी नेपाली कांग्रेस दाङ जिल्लाको विभिन्न पदमा रहेर काम गरेकाछन् । हाल पार्टिको महासमिति सदस्य रहेका गिरी जिल्लामा पार्टिको वहुद्धिक नेताका रुपमा परिचित छन् ।