पञ्चायत ढल्दाको रापताप

अर्जुन ज्ञवाली

प्रकाशित मिति:

अर्जुन ज्ञवाली
पन्चे चोर, देश छोड यस्तै उग्रनाराहरु लागेको यी कानमा कताकता गुन्जिए जस्तो लाग्छ । खै किन त्यस्ता नारावाजी लगाइयो, त्यतिबेला मलाइ थाहा थिएन । पन्चे भनेको के हो ? त्यो पनि मलाइ थाहा भएन । बस नारा गुन्जीएको मलाइ एकदम याद छ । मलाइ लाग्छ सायद मेरो बाल्यकालको सबभन्दा अन्तिम बिन्दुको सम्झाना त्यही हो । अर्थात त्यसभन्दा अगाडीका यादहरु मसँग छैनन । मलाइ याद छैन अहिले । सबैभन्दा पुरानो याद हो यो । साझ भनौ या बेलुका भैसकेको थियोहोला, झिसमिसे रात परेको जस्तो लाग्छ । घरभित्र अगेनाको छेउमा बसेको थिए म । बुबा अर्को पट्टी ओछ्यानमा टाउकोमुनी दुइवटा हात अड्काएर उत्तानो परेर सुत्नु भएकोथियो । साइडमा रेडियो राख्नुभएको थियो । बुबाले त्यो रडियो बजाइ राख्नुहुन्थ्या । बेट्टरी राखेर बजाउनुहुन्थ्यो । रेडियो बजाउन एब्रेडी बेट्टरी किनेर ल्यानुहुन्थ्यो बुबा । सकिएका बेट्टरी उरुम(मकै राख्ने ठाँउ)को पकसा(फल्याम)मा सुकाउनुहुन्थ्यो । घाममा सुकाएका बेट्टरी पछि रेडियोमा राखेर बझाउनुहुन्थ्यो । बुबाले रेडियोमा रेडियो नेपाल बजाउन्थ्यो ।यतीबेला घटना र बिचार कार्यक्रम बजे जस्तो लाग्छ । त्यो कार्यक्रमको धुन अहिले पनि याद छ मलाइ । ढुकुस ढुकुस ढ्या …नमस्कार, घटना र बिचारमा हार्दिक स्वागत छ भनेको सम्झन्छु । म जाह(आजकाल हाफ पेन्ट) लगाएर बसेको थिए । ठिक त्यही बेला घर बाहिरी बाटोमा जसलाइ हामी मैदान भन्थ्यौ त्यहा नारा लगाएको होला । नारा सुनेपछि हामी जराकजुरुक उठेर बाहिर हेर्न गएका थियौ । त्यो नारा कसले लगाए त्यो मलाइ अहिलेसम्म थाहा छैन । प्रजातान्त्रबादिले प्रजातान्त्र पुनःबहालिको लागि नारा लगाएकाथिए । साझ राके जुलुसमा को को थिए थाहा भएन । त्यो समय अहिले अनुमान लगाउदा त्यो २०४६ देखि २०४७ को अबधिमा हुनुपर्छ । २०४६ मा प्रजातन्त्र पुनःबहाली भएको थियो । २०४७ मा संविधान लेखिएको थियो । सायद बहुदल घोषणा भएको वरीपरीको दिन होला वा राजा र पन्च्यात समर्थकले कतै संविधान लेख्न अबरोध गरेकोकारण संबिधान लेख्नको लागि दबाब दिएको जस्तो लाग्छ त्यो नारा मार्फत ।
जुम्लादी र पिपलधाराको बिचमा गाविस भवन बनेको छ अहिले वडा कार्यालय बसेको छ । त्यतिबेला त्यो घरमा पन्च्यातको बोर्ड लगाइएकोथिए । हामीले अहिले पनि त्यस ठाउलाइ पन्च्यातघर नै भन्छौ । एकपटकको कुरा हो पिपलधाराको डाडोमा कार्यक्रम भैसकेपछी काङ्ग्रेस कार्यकर्ताहरुले बासको भाटोले त्यो पन्चायतको निसानी पिपलधारा गाउपन्चायत लेखेको त्यो बोर्ड खसलिदिएका थिए । भर्खर बहुदल आएको राजनीतिको रापताप थियो । दलका नेता कार्यकर्ताको दलवल दरिलो नै थियो । जनतामा उत्साह र उमंग थियो । म सानै भए पनि त्यो अनुभुती गरेकोथिए । सबै विकास हुन्छ भन्थे, परिबर्तन हुन्छ भन्थे, सुखका दिन आए भन्थे । रेडियोमा प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको नाम सुन्थे । रेडियो नेपालबाट भट्टराईको बोली पनि सुन्थे । तर उनको बोली मैले बुझ्ने थिइन । बथलोबथलो बोलीमा अग्रेजी मिसाएर बोल्थे भट्टराइ । शब्द बुझ्ने थिइन । अव अर्थ त बुझ्ने कुरै भएन । बहुदल पछीको चुनावमा हामी केटाकेटी पनि रहररहरैमा चुनाव प्रचारप्रसार गर्न माइकको पछि लाग्थ्यौ । माइकबाट गित पनि बज्दथे । माइकमा बोल्न सार्है रहर लाग्दथ्यो । माइकमा प्रचारप्रसार गर्दै प्राय हामी पिपलधारा, ठाटी चोरपानी, ठुलाभिर सम्म जान्थ्यो । ठुलाभिर भन्दा टाढा जाने थिएनौ । त्यहाबाट उदिनाका जनताको लागि माइकिन गर्थ्यौ ।

ठुलाभिरमा यस्तो मज्जाले बतास लाग्दथ्यो । बतासले टाउकोमा खुव हान्थ्यो ।कपालका रौ फररर गर्थे । त्यहा एकछिन वसेर फेरि माइकिङ्ग गर्दै फरकन्थ्यौ । माइक बोल्न पाए दङ्ग परिन्थ्यो । राजनीति अलि बढी लागेको थियो ।आफ्नै दाइभाइ पनि फरक पार्टीका भए बोल्ने थथिएनन ।सदियौ देखि सगै बसेका सदिहार र छिमेकीहरु बिचमा पनि पानी बाराबार थियो । उ काङ्ग्रेस , उ एमाले, उ राप्रपा यस्तैयस्तै कित्ता काट थियो । अचम्म लाग्थ्यो । राजनीति नसाले यति गर्सित बनाएका थियो । आत्म जोडिएका मानिसहरु पनि राजनीतिक दर्शनको आधारमा मुन्टो फरकाएर हिन्थे । जहाँ जसको बहुमत हुन्थ्यो, अल्पमतका मान्छेलाइ डर, त्रास हुन्थ्यो । तिजको राम, तिहारको भैलो वा अन्य विशेष अवसरमा फरक फरक पार्टीका कार्यकर्ता बिच झगडा हुन्थ्यो । उस्तै परे घम्सा घम्सी हुने । बासका चिरपट, दाउरा, भाटा, लाठा(लठ्ठी) ले राम धुलाइ गर्थे । कोधो पिटेजस्तो पिटे रे भनेको हामी सुन्थ्यौ । ढुङ्गाले हानाहान गरेर लखेटालखेट गरेको हामी देख्यौ । एउटा पार्टीका कार्यकर्ताले अर्को पार्टीका कार्यकर्ताको हातखुट्टा भाचिदिएको ,अङ्गभङ्ग भएको टाउको फुटेको रगत्याम्म भएको दर्दनाक घटनाहरु हामीले सुन्यौ । एकले अर्कालाइ सम्मान गर्ने भन्दा पनि बद्नाम गर्ने परिपाटीले नै प्राथमिकता पाएको थियो ।
यती हुदाहुदै पनि जनतामा ३० बर्ष पन्च्यातको एकतन्त्रीय शासनको जन्जीरबाट बाहिर निस्कदै गर्दा केही आसा पलाएको थियो । अलिकति सुख, अलिकति खुसी सबै गाउशहर, लेकबेसीका कुनाकाप्चाका सबै जनताले पाउने आसा गरेको थिए । विकासको चेतना जनतामा दुर्तगतिमा फैलदै थियो । उचित गाँस, बाँस, कपासको ब्यवस्थासगै शिक्षा स्वास्थ, यातायात, खानेपानी सुलवता उपलब्दता हुनेमा जनताहरु आशाबादी थिए । हामीले पढ्ने हाम्रो कितावमा पन्च्यातसग सम्बन्धित एउटा पाठ थियो । त्यो पढ्ने होइन भनेर कलम त्यो पाठ काटकुट पारेकाथियौ । त्यो पाठमा राजा र पन्च्यातको गुणगान बखान गरेको कुराहरु थियो । बहुदल आइसकेकोपछि त्यस पाठको उपयोगिता सकिएकोले त्यो पाना च्याथेर समेत फाल्थ्यौ । यस्तो गाउगाउ बस्तीबस्तीहरु राजनीतिक रापले राम्रैसँग छोएकोथियो । यी सबै मेरो बालमस्तिष्कले टपक्क टिपेको थियो । त्यस्तोबेला डर पनि लाग्नथ्यो, रमाइलो पनि लाग्दथियो । अब के होला जस्तो पनि लाग्दथ्यो । गाउका विभिन्न पार्टीमा आस्था राख्नेले आ(आफ्नो पार्टीको झण्डा घरको छानामा फरफराउथे । एउटै झण्डामुनि बस्नेहरु मिल्थे, अर्को पार्टीको झण्डा मुनि बस्नेलाइ निल्न खोज्थे । आआफ्नो पार्टी सबैलाई प्यारो लाग्थ्यो । एकले अर्कालाइ गम्भीर आरोप लाउथे । आफ्नो पार्टी जिन्दावाद । अरुको पार्टीलाई मुर्दाबाद भन्थे । चिच्चाइचिच्चाइ भट्टाउथे । उफ्रीउफ्री बाटोमा धुलो उडाउदै जुलुसमा जिन्दवाद, मुर्दाबाद भन्थे ।
मेरो बुबाले पनि पन्च्यात विरुद्ध पार्टीको काम गरेको बताउनुहुन्छ । शमसेर बहादुर खत्री, टिकाराम घिमिरे बुबाका साथी थिए । एउटै पार्टीमा भुमिगत काम गर्नुहुन्थ्यो । पन्चायत र उबेलाका पन्चेहरुलाइ यस्तो कुरा मन पर्ने थिएन । पन्च्याती शासकबाट धेरै नै खतरा मोल्नुपर्दथ्यो । त्यतिबेला गुल्मीको अ्मरपुरको चोरकाटे स्कुलमा शम्सेर लगायतकालाइ खुकुरीले छ्प्काएर हत्या गरियो । उता खनका टिकाराम घिमिरेको ढुगांले हानेर किचेर पासविक तवरले हत्या गरेका थिए । हित्या गर्नु केही दिन अगाडी बुबा लगायतका राजनीतीमा सन्गलग्नलाइ नेपालभरी वारेन्ट जारी गरिएकोथियो । वारेन्ट जारी गरेपछि एक दिन एकाएक साझ पुलीस(प्रहरी) बुबालाइ वारेन्न्ट जारी गरेकोले पक्राउ गर्न आएको रहेछन । बुबाले घर भित्रबाट घरतिर पुलिस आएको देख्नु भएछ । अनि एउटा कछाड, पटुका, र गम्छा सितै बच्नको लागि भित्रबाट आटिमा गइ माथी छानोको झ्यालबाट फुङ्गगालेर भागेर रातारात हिडिनुभएछ । सन्धिखर्क, पथ्थरकोट हुँदै भारत जानू भएछ । बाटेमा पुलिस अड्डामा कहिले त्यही गाउकाको घाँस बोकेर, कहिले पराल, कहिले भरीया भारी बोकेर भेस बदलेर बल्ल्ल तल्ल धेरै दिन पछी भारत पसेको बताउनुहुन्छ । भारत गइसके पछि आफ्ना साथीहरुको हत्या भएको खवर सुन्दा आफु नेपालबाट रातारात भागेर बाचे पनि आफ्ना सहयात्री मारीइदा एकदम स्तब्द त वनायो त्यो भन्दा बढी आक्रोस मनमा उत्पन्न भएको अहिले पनि बताउनुहुन्छ । बास्तबमा अहिलेको लोकतान्त्रिक गणतन्त्र सम्मको परिवर्तन त्यस्तै कयौं नेपाली जनताको त्याग तपस्याको आधार बिन्दुबाट प्राप्त भएको हो ।

जनमत सग्रह भइसकेपछिको समयमा २०३७ सालमा एकपटक बुबाले मेरो आमालाइ बिहे गरेपछि काठमाडौ लग्नुभएको रहेछ । काठमाडौ २ महिना बसिसकेपछि बुबाआमा पाल्पा आएर बस्नुभएछ । पाल्पा आउदा कांग्रेसमा नेता बिपी कोइराला, गणेसमान सिंह, कृष्ण प्रसाद भट्टाराइ लगाएतका १२ जना नेताहरु प्नि आएको संयोग परेछ । ठाउठाउमा वालपेन्टींग गरेर बिर बिपी अमर रहुन जस्ता नाराहरु लेखेको बुवा बताउनुहुन्छ । सम्योगले बुबाआमा बस्ने र ति नेतागण बस्ने होटल एउटै परेछ । उवेला होटल भएपनि होटलमा आफै भात पकाएर खाने चलन थियो । बिपीले यी नानीले पकाएको खाने भनेपछि तिन दिन बस्दासम्म आमाले बिपी लगायतका नेतालाइ आफैले खाना पकाएर खुवानुभएकोरहेछ । बिपी र गणेशमानका कुराहरुबाट अझै राजनीतीमा होमिन मन लागेको बुबा बताउनुहुन्छ । प्रजातन्त्रको आगमनले गरीवका समस्या हल हुन्छन भन्ने धेरै कुराहरु दुइदिनको बसाइमा क्यान्सर पिडित मसिनो स्वर भएका बिपीले गरेका कुराबाट बुबा अति नै प्रवाभित भएको बताउनुहुन्छ । बिपीले जनमत सग्रह को नतिजा स्वीकार्य छ तर संबिधान संसोधन हुनुपर्छ भन्ने कुरा गरेका थिए । जुनसुकै पार्टीका नेताहरु जोजो जेजे भएपनि बिपी जस्तो अग्लो नेता नेपाल कोही हुनेछैन । बिपी कै बिचारको आधारमा नै सबै दलका निती सिद्धान्त बनेका हुन । अलिअलि थपघट गरे होलान अरु उनै हुन भन्नुहुन्छ । तर यती धेरै बर्ष पार हुदा पनि जनताका आधारभुत समस्या निमिट्यान्न नहुनु दुभाग्य भएको बुवा अहिले पनि बताउनुहुन्छ ।

काठमाडौ २ महिना बसिसकेपछि बुबाआमा पाल्पा आएर बस्नुभएछ । पाल्पा आउदा कांग्रेसमा नेता बिपी कोइराला, गणेसमान सिंह, कृष्ण प्रसाद भट्टाराइ लगाएतका १२ जना नेताहरु प्नि आएको संयोग परेछ । ठाउठाउमा वालपेन्टींग गरेर बिर बिपी अमर रहुन जस्ता नाराहरु लेखेको बुवा बताउनुहुन्छ । सम्योगले बुबाआमा बस्ने र ति नेतागण बस्ने होटल एउटै परेछ । उवेला होटल भएपनि होटलमा आफै भात पकाएर खाने चलन थियो । बिपीले यी नानीले पकाएको खाने भनेपछि तिन दिन बस्दासम्म आमाले बिपी लगायतका नेतालाइ आफैले खाना पकाएर खुवानुभएकोरहेछ । बिपी र गणेशमानका कुराहरुबाट अझै राजनीतीमा होमिन मन लागेको बुबा बताउनुहुन्छ । प्रजातन्त्रको आगमनले गरीवका समस्या हल हुन्छन भन्ने धेरै कुराहरु दुइदिनको बसाइमा क्यान्सर पिडित मसिनो स्वर भएका बिपीले गरेका कुराबाट बुबा अति नै प्रवाभित भएको बताउनुहुन्छ । बिपीले जनमत सग्रहको नतिजा स्वीकार्य छ तर संबिधान संसोधन हुनुपर्छ भन्ने कुरा गरेका थिए । जुनसुकै पार्टीका नेताहरु जोजो जेजे भएपनि बिपी जस्तो अग्लो नेता नेपाल कोही हुनेछैन । बिपी कै बिचारको आधारमा नै सबै दलका निती सिद्धान्त बनेका हुन । अलिअलि थपघट गरे होलान अरु उनै हुन भन्नुहुन्छ । तर यती धेरै बर्ष पार हुदा पनि जनताका आधारभुत समस्या निमिट्यान्न नहुनु दुभाग्य भएको बुवा अहिले पनि बताउनुहुन्छ ।

–संस्मरण : जन्मभुमि( छैटौ भाग)