रोहिणी गाउँपालिकाले भारतीय आवागमन बन्द गराउदै

प्रकाशित मिति:

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले भारतसित जोडिएर रहेको आफ्नो नाका सोमबार देखी बन्द गर्ने जनाएको छ । भारतीय अवागमनको कारण गाउँपालिकाको जनता पनि उच्च जोखिममा रहेको कारण सीमा बन्द गर्ने गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।

गाउँपालिको यो निर्णय संगै रोहिणी गाउँपालिका मात्र हैन यस संगै जोडिएर रहेको ओमसतिया गाउँपालिका र देवदह नगरपालिकाको जनता पनि प्रभावित हुनेछन् । यी तिनवटै गाउँपालिकाहरुको मूख्य बजार भनेकै भारतको भगवानपुर बजार रहेको छ । भारतमै कोरोनाको उच्च जोखिा देखिएकोले आईतबार देखी त्यहाको सरकारले पनि जनता कफ्र्युको अनुरोध गरेको छ । जसले गर्दा अहिले सीमावर्ती बजारहरु सुनसान बनेका छन् । बिगत १५ दिन देखी समिा नाकामा हेल्प डेस्क राखी नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य चेकजाँच गर्दै आएको गाउँपालिकाले सोमबार देखी उक्त क्याम्प गाउँपालिकाकै सदरमुकाम धकधईमा सार्ने यादवले बताए ।

यादवले अबको दिनमा गाउँपालिकामा पनि उच्च सर्तकता अपनाउने जनाएका छन् । उनले गाउँपालिकामा आउने सेवाग्रही मात्र नभई गाउँपालिकावासीलाई पनि बिभिन्न सचेतनामूलक कामहरु गरिने बताए । सर्वसाधारणको स्वास्थ्य चेकजाँच देखी शंकास्पदलाई परामर्श तथा प्रर्याप्त औषधी उपचारको लागी ब्यस्था समेत गर्ने उनले जनाए । अहिले कोरोनाको त्रास रहे पनि तर्सिहाल्ने अवश्था नरहेको बताउदै यादवले सर्तकता भने अपनाउन जरुरी रहेको अनुरोध गरे ।

गाउँपालिकावासीको हित र स्वास्थ्यको लागी सके सम्मको प्रयास गर्ने भएकोले सबै जनता सावधानीपूर्वक ढुक्क हुन उनले आग्रह गरे । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डेले अहिले गाउँपालिकाले सचेतनामूलक कार्यको साथै स्थानियलाई मास्क बितरण गरिएको जनाए । उनले प्रत्येक पालिकावासीलाई पुग्ने गरि मास्क बितरण गरिने बताए । रोहिणी गाउँपालिकाका ५ वटा वडाहरु भारतसित जोडिएर रहेको छ ।