सामाजिक विकास मन्त्रीद्धारा अपिल

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
7 Shares


बुटवल । प्रदेश नं ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विश्वभर फैलिएको कोभिड १९को संक्रमणबाट बच्न कठोर स्वास्थ्य अनुशासन पालन गर्न अपिल गर्नुभएको छ । स्वास्थ्य अनुसासन पालना गरी चिनले महामारी नियन्त्रण गरिसकेको स्मरण गराउदै उहांले धर्यता र अनुशासनको पालना गर्न आग्रह गर्नु भएको हो ।

आईतवार जारी गरिएको अपिलमा प्रचार, निर्देशन र घोषणाले मात्र कोरोना नियन्त्रण सम्भव नहुने जनाउदै मन्त्री बरालले विस्तृत र मसिनो योजना सहित गम्भिर तयारी गर्न सरकारी तथा गैरसरकारी निकायहरुलाई आग्रह गरेका छन । मन्त्री बरालले स्वास्थ्यर्कीहरुलाई सम्वोधन गर्दे अपिलमा उल्लेख गर्नु भएको छ – यतिवेला मुलुकलाई तपाईहरुको योगदानको सर्वाधिक खाचो छ , उच्च मनोवल सहित कार्यक्षेत्रमा खट्नुहोस ।’ सबैको सहकार्यबाट कोरोना विरुद्ध विजयी हासिल गर्न सकिने उहाले उल्लेख गर्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया