कोरोनाबाट ज्यान जानेको संख्या भारतमा ७ पुग्याे

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट भारतमा ज्यान जानेको संख्या ७ पुगेको छ ।गुजरातमा आइतबार एक वृद्धको कोरोनाको संक्रमणबाट ज्यान गएसंगै मृत्यु हुनेको संख्या ७ पुगेको हो । कोरोना संक्रमित ६७ वर्षीय वृद्धको एक निजी अस्पतालमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । ज्यान गुमाएका उनी कोरोना संक्रमण रहेको पुष्टि भएको छ। गुजरातमा मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् ।यस्तै बिहारको राजधानी शहर पटनाको एम्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको छ ।

कोरोना संक्रमणबाट बिहारमा मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् ।भारतमा अहिलेसम्म कोरोनाबाट ७ जनाले ज्यान गुमाएकाे छ भने ३४१ जना संक्रमित रहेका छन् । भारतमा कोरोनाभाइरसको महामारीविरुद्ध आजदेखि जनता कर्फ्यु लगाएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता नै आजको जनता कर्फ्यु घोषणा गर्दै कोरोना भाइरसविरुद्ध लड्ने भारतीय क्षमताको परीक्षण हुने बताएका थिए। मोदीले नागरिकहरूलाई आइतबारर बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म घरभित्रै बस्न आग्रह गरेका थिए ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १८५ भन्दा बढी देशमा फैलिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया