सप्तरीको बलान बिहुल गाउँपालिकामा डाेम समुदायको बिचल्ली

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


महेश सिंह / सिरहा  – सप्तरीको बलान बिहुल गाउँ पालिकामा १ स्थित रहेको डाेम समुदाय अपहेलित भएका छन् । डाेम समुदायको दु:खको पिडा सुन दिने कोई छैन नत गाउँ पालिका नत पुलिंस प्रसासन न त गाउँ पालिका का नेतृत्व कर्ता ।पुरै गाउँ पालिका भित्र जम्मा ३ घरको मात्र डाेम समुदायको बस्ती रहेका छन् । सप्तरीको कुशहा बेलहि सडकमा पर्ने रामजानकी चौक भन्दा २०० सय मिटर उतरमा डाेमसमुदायको बस्तीरहेकान छन् । २०५२ साल देखी गाउँ पालिकाको एलानी जग्गामा बसोबास गर्दै आएका डाेम समुदायको बिचल्ली भएका छन् । ३ घरमा २४ जना परिवारको सदस्य रहेका छन् । पुस्तौं पुस्ता देखी सोही गाउँपालिकामा जिबन बिताएका डाेमहरुको बिचल्लीमा छन् । ३० बर्ष अगाडी मलहनियाको ठाकुर पोखरीको पश्चिम् पटिको पोखरी डिलमा बसोबास गर्दै आएका थिए । पहिला बसेको ठाँउमा घडेरी अभावको कारण एलानि जग्गा खोज्दै रामजानकारी चौक नजिक रहेको एलानी जग्गामा घर बाई बसोबास गर्न लागेका हुन् आज भन्दा ३० बर्ष अगाडि स्थानीय मल्हनिया छोटकि टाेल १ बस्ने बिश्वनाथ यादव चन्द्र नारायण यादव को जग्गा स्थानीय राम शंकर पासमानले २० लाखको

कठाको दरले खरिद गरेको जग्गाको अगाडि रहेको एलनिमा जग्गामा बसोबास गर्दै आएका छ्न । केहि महिना अगाडि देखी जग्गा धनि बिश्वनाथ यादवले विभिन्न किसिमको मान्सिक तनाव दिई मेरो जग्गाको अगाडीबाट तिमिहरु घर हटाउ मेरो जग्गामा फोहोर मैला हुदै छ् तिमिहरुकै कारणले गर्दा मेरो जग्गा बाझो र हन छ । जग्गा धनी बिश्वनाथ यादवले २०७६ पुस महिनामा गाउँ पालिका कार्यालय र प्रहरी चौकी मौवाहा मल्हनिया चन्हीमा रुसाई डाेम ,नारायण डाेम , संजय डाेम मलिक , बिनोद कुमार मलिक डाेम , मनोज मलिक डाेमको नाउँमा निवेदन दर्ता गराएका हुन् । निवेदन पश्चात् बलान बिहुल गाउँ पालिकाका अध्यक्ष दया नन्द गोइतको रोहवरमा गाउँपालिका बाट निर्णय गर्न गाउँ पालिकाका बुद्धि जिबिजि रामेश्वर यादव चुल्हाई यादव , प्रमोद यादव ,अधिन्द्र यादव भुपु गाबिस अध्यक्ष क्षत्रनारायण यादव गाउँ पालिका वडा नं १ को वाडा अध्यक्ष बैजनाथ यादव गाउँ पालिकाको अध्यक्ष दाया नन्द गोइतको समेत छलफल कार्यक्रममा उपस्थिति रहेको थियो । स्थानीय बिनोद कुमार मलिक दलित समुदायको डाेम जातिमा पहिलो र प्रथम ब्याचलर पास गरेको बिनोद अहिले सरकारी जागीरको आसमा

सप्तरीको कुशहा स्थित रहेकोे क्याबेन एजुकेशलन एकेडेमीमा १ देखी कक्षा  ७ सम्मम अङ्ग्रेजी विषय अद्य्यापन गराई रहेको छ भने बाकी समय पुर्खौली पेसा बाँसको काम गरेर आफनो जिबिको पार्जन गरिरहेको प रिवाजनले बताए । शिक्षित भए पनि गाउँ पालिका बाट अहिले सम्म कुनै किसिमको सहयोगको अपेक्षा नरहेको बिनोद कुमार मलिक ले बताए । बिनोद आफनो जिबन उकास्न लाखौं उपाय गर्छौ तर आर्थिक रुपले सबल न भएकोले परिवार चलाउन गाह्रो हुन्छ दु:ख व्यक्त गरेका थिए । डाेम समुदायको ब्यथा पिडा दु:ख हुने कोई छैन हाम्रो गाउँ पालिकामा खाली यादवहरुको बस्ती मात्र रहेको सबै दलित भने तेस्तै अँखाले हेर्ने गरेको स्थानीय बचपनको सबै भन्दा मिल्ने र मलाई पढाईमा सहयोग गर्ने प्रबिन चौधरीलाई सुनाएका थिए मेरो लागी कोई छैन मलाई पत्रकार संग भेटादिन साथी चौधरी संग अनुरोध गरेका हुन । यता गाउँ पालिकाका अध्यक्ष दया नन्द गोइतले दलित समुदायको लागी राज्य बाट जनता अबास कार्यक्रमको योजना गाउँ पालिकामा आएको छ् बिस्तारै हामीले गाउँ पालिका बाट निर्णय गरेर सुकुम्बासी, दलितहरुलाई ब्यस्था मिलाउने पत्रकार महेश सिंह संग फोनमा कुरा गरेका थिए । बिनोद मलिक लाई जबसम्म जग्गा ब्यवस्था हुदैन तबसम्म कसैले कुनै किसिमको धाख धम्कि दिने ब्यक्तीलाई हामी कानुनी कार्बाही गर्छौ बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया