संक्रमण फैलिन नदिन भारतसंग सिमा जोडीएका अधिकाम्स नाकाहरु बन्द

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


नेपालगञ्ज –  नेपाल–भारत सीमा नाकाहरुमा उच्च सतर्कता अपनाउने र केही नाकाहरु बन्द गर्ने निर्णय स्थानीय प्रशासनहरुले गरेका छन् ।कोरोना भाइरसको संक्रमण फैलिन नदिन सर्तकता स्वरुप आइतबारदेखि नेपालगञ्जलगायतका नाकाहरु बन्द गरिएको छ भने अन्य केही नाकाहरु बन्द गर्ने तयारी भईरहेको छ ।भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच भएको छलफलपछि नेपालगञ्ज नाका बन्द गर्ने निर्णय गरिएको हो । जमुनाहा नाकासहित अन्य छोटी नाकाहरु समेत बन्द गरिएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले आइतबारबाट लागु हुने गरी एक हप्ताका लागि सिमा नाका बन्द गरिएको जानकारी दिएका छन् ।नाका बन्द गरिएसंगै दुवैतर्फ सुरक्षाकर्मीहरुको संख्या समेत बढाइएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाकालाई केहि समयका लागि बन्द गर्ने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको वैठकले मंगलबार बिहानदेखि गड्डाचौकी नाका पूर्ण

रुपमा बन्द गर्ने निर्णय गरेको हो ।मंगलबारदेखि अर्को सूचना नगरिएसम्मका लागि नाकाबाट पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी गराएका छन् ।यस्तै, आइतबार रातीबाटै लागू हुनेगरी कञ्चनपुर जिल्लामा लकडाउन लागू गरिने भएको छ । भीमदत नगरपालिका क्षेत्रमा दैनिक उपभोग्य बस्तुका पसल, राहत उद्दार बाहेक सम्पुर्ण उद्योग कलकारखाना, बजार, पसल, व्यवसाय समेत पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको हो ।प्रसासनले नाकाबाट भित्रिने व्यक्तिहरुको तथ्यांक राख्ने र आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आग्रह गरेको छ भने अटेरी गर्नेलाई कारवाहि गर्ने निर्णय गरेको छ । यस्तै रौतहटस्थित नेपाल भारत नाकामा उच्च सतर्कता अपनाइएको छ ।सदरमुका गौरको नाका बाहेकका अन्य सात वटा नाका भएर हुने आवातजावतमा रोक लगाइएको हो ।

उता, पश्चिम नवलपरासीसंग जोडिएका सीमा नाकाबाट आवागमन पूरै बन्द गरिएको छ ।सीमा नाकाका सडकहरु शुन्य देखिएका छन् । भारतले समेत सीमा नाकामा कडाई गरेपछि त्यस क्षेत्र सुनसान बनेको हो । नाकाहरुमा सुरक्षाकर्मी र हेल्थ डेस्कका कर्मचारी मात्र छन् । यता, सप्तरी प्रशासनले भारतसँग सिमाना जोडिएका १६ वटा नाका बन्द गरेको छ ।आइतबारदेखि प्रसासनले अत्यावश्यक पसलबाहेकका पसलहरु पनि बन्द गर्ने निर्णय समेत गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १ स्थित तिलाठी नाकाबाहेक भारतसँग सिमाना जोडिएका सवै नाका बन्द गरिएको हो ।खुल्ला रहेको एउटा नाकामा पनि स्वास्थ्य जाँच गरेर आउजाउ गर्ने व्यवस्था मिलाइएको छ । सो नाका भएर आउनेहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै बाराको जितपुर सिमरा नगर उद्योग वाणिज्य संघले बजार बजार बन्द गर्ने निर्णय गरेका छन् । सोमबारदेखि जितपुर र सिमरा बजारमा अत्यावश्यकबाहेक सबै प्रकारका व्यवसाय बन्द गर्ने निर्णय भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न