रेडियो दाउन्ने सहित ५ वटा मिडियालाई स्वास्थ्य समाग्री हस्तान्तरण

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / बर्दघाट – कोरोना भाईरसको महामारीको जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर ५ को मुख्य पुर्वी प्रबेश द्धारमा अवस्थित पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरको पहिलो सञ्चारमाध्यम सामुदायिक रेडियो दाउन्ने सहित नगरका ५ वटा मिडयालाई आइतबार एक कार्यक्रमका बीच बाल्टी, बाँटा र साबुन सहित कोरोना भाइरसबाट बच्ने, उपाय, त्यसको लक्षण सहितको पर्चा पम्पलेट र सचेतना ब्यानर हस्तान्तरण गरेको छ । समाजमा सहि सुचना सम्प्रेषण गर्दै सत्य तथ्य समाचार र विचार प्रदान गर्ने तथा सचेत र खवरदारी गर्ने बर्दघाट नगरपालिकाका क्रियाशिल संचार गृहहरुमा विभिन्न क्षेत्रवाट मानिसहरुकोे आवत जावत हुने हुदां त्यसलाई मध्येनजर गरि बर्दघाट नगरले नगरका सञ्चारगृहहरुलाई सो समाग्री हस्तान्तरण गरेको हो । नगरपालिकाले नगरभित्रका सबै संघ–संस्था तथा कार्यालयहरुले पनि आफ्नो कार्यालयमा यसरी नै बाल्टी, बाँटा र साबुन सहितको ब्यवस्था गरी पहिले साबुन पानीले हात धुने ब्यबस्था मिलाउन भन्ने सन्देश दिनका लागि पनि संचार गृहहरुलाई यो सामाग्री प्रदान गरीएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले बताउनु भएको छ ।

सो समाग्री हस्तान्तरण गर्दै नगर प्रमुख बस्यालले सबै नगरवासिहरुलाई नियमित रुपमा साबुन पानीले हात धुने, सकेसम्म भिड भाड हुने स्थानमा जम्मा नहुन र अनावश्यक रुपमा चोक चौराहमा जम्मा नहुन पनि आग्रह गर्नु भएको छ ।यसअघि नगरपालिकाले कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चौपत्तामा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा ४ वटा आईशोलेसन वार्ड स्थापना गरेकोे छ । आवश्यकता अनुसार अन्य कार्यहरुलाई पनि निरन्तर अगाडि बढाईने र नगर भित्रका नागरिहरुलाई सुरक्षित राख्न श्रोत र साधनले भ्याए सम्मका सवै उपायहरु अवलम्बन गरिने नगर प्रमुख बस्यालले बताउनुभएको छ । साथै उहाँले समाजमा फैलिरहेको अनावश्यक होहल्ला तथा अफवाहको पछी नलाग्न आगं्रह गर्दै नगरवासीलाई आतंकित नभई सजग र सचेत भई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गर्नुभएको छ । सो अवसरमा सामुदायिक रेडियो दाउन्ने, त्रिवेणी सामुदायिक टेलिभिजन, दौतरी एफ.एम., गाउँले दर्पण अनलाईन, बर्दघाट पोष्ट तथा स्थानिय पत्रलाई नगरपालिकाले सो समाग्री हस्तान्तरण गरेको हो ।

बर्दघाटमा रहेका सवै संचारमाध्यमले आफ्नो कार्यालयमा प्रवेश गर्ने जो कोहिलाई पनि साबुनपानीले हात धुन अनिवार्य भन्दै नगरपालिकाले उपलब्ध गराएको सामाग्रीलाई आफ्नो कार्यालय प्रवेश गर्ने ठाउमा ब्यबस्थापन गरेका छन् । यसैबीच, बर्दघाट नगरपालिकाले कोरोना भाईरसको महामारीको जोखिमलाई मध्यनजर गर्दै नगरपालिका र माताहतका सबै वडा कार्यालयहरु बाट हुने अत्यावश्यक सेवा वाहेका अन्य सेवाहरु वन्द गर्ने निर्णय गरेको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको अध्यक्षतामा आईतवार बसेको नगरकार्यपालिकाको कार्यालयको बैठकले यहि चैत्र ९ गतेवाट २१ गते सम्मका लागि नगरपालिका र माताहतका सबै वडाकार्यालयहरुवाट हुने अत्यावश्यक सेवा वाहेका अन्य सेवाहरु वन्द गर्ने निर्णय गरेको हो । विभिन्न देशहरुमा द्रुत गतिमा कोरोना भाईरसको संक्रमण बढेको र नेपालमा पनि त्यसको उच्च जोखिम रहेका कारण संभावित संक्रमणवाट जोगिनका लागि संघ, प्रदेश र स्थानीय तहले समेत चैत्र ९ गते देखि २१ गते सम्मका लागि यस्तो निर्णय गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया