अत्यावश्यक काम बाहेक सामान्य कामकालागि बाहिर हिडडुल नगर्न कञ्चनवासीहरुलाई आग्रह

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


रुपन्देही – कञ्चन गाउपालिकाले एक सूचना जारी गर्दै अत्यावस्यक काममा बाहेक सामान्य कामका लागि बाहिर हिडडुल नगर्न कञ्चनवासीहरु लाई आग्रह गर्दै गाउपालिकाबाट दैनिक रुपमा सम्पादन हुदै आएका अत्यावस्यक कार्यहरु बाहेक अन्य सेवाहरु समेत बन्द भएको जानकारी गराएको छ ।कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ सम्माननिय प्रधानमन्त्रीको मिति २०७६/१२/७ गतेको नोबेल कोरोना भाइरस (कोभिड १९)को रोथाम प्रतिरक्षा र उपचार ब्यबसथामा आम जनताको जनस्वास्थ्यलाई ख्याल गर्दै भएको सम्वोधनलाई पालना गर्दै अति आवस्यक कार्यहरुअन्य सेवा बन्द गर्ने भनिएकोमा मिति २०७६/१२/९ गते देखि अर्को आदेश नभए सम्म अत्यावस्यक कार्यहरु बाहेक अरु सम्पुणै सेवाहरु बन्द हुने कुरा उल्लेख गरिएको छ । सूचनामा यस बिषम परिस्थितिमा सबै कञ्चनवासीहरु अनावस्यक भिडभाड नगर्न र भिडभाडमा नगई आ–आफ्नो घर घरमा बसी कोरोना भाइरस जस्तो महामारी रोगबाट बच्न र बचाउन आग्रह गरिएको छ ।

महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को सम्भाबित संक्रमण र जोखिमबाट बच्न अत्यावस्यक कामहरुमा बाहिर निस्किनु परे सके सम्म भिडभाडमा नबसी सुरक्षित दुरी कायम गरी सुरक्षित मास्क प्रयोग गरी सेवा लिनु वा दिनु पर्ने बताउनु भएको छ। अध्यक्ष क्षेत्रीले कञ्चनमा कोरोनाको सम्भाबित लक्षणहरु देखिने बिरामीहरुलाई तत्कालका लागि कञ्चन ४ को दियोमा निर्माण भएको नव निर्मित बहुउद्धेश्य सभाहल,रुद्रपुर स्वास्थ्यचौकी,सामुदायिक तथा संस्थागत बिधालयहरु सुरक्षित उपचार केन्द्रको रुपमा प्रयोग गरिने त्यसको लागि आवस्यक सामाग्रीहरु खरीद तथा ब्यबस्था गर्न स्वास्थ्य शाखालाई निर्देशन दिइएको बताउनु भएको छ ।यसैगरी कोरोना भाइरसको लक्षण देखिएका सम्भाबित ब्यक्तिहरुको रोगको पहिचान गरी उद्धार तथा सुरक्षित निगरानीका लागि कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको संयोजकत्वमा गाउपालिका स्तरिय उद्धार ब्यबस्थापन समिति गठन भएको कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनु भएको छ ।

उद्धार ब्यबस्थापन समितिको बैठकले स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद गौतमको संयोजकत्वमा कोरोना भाइरस सम्भाबित ब्यक्तीहरका लागि आवस्यक उद्धार तथा उपचार ब्यबस्थापनका लागि ५ सदस्यिय समपर्क ब्यक्तिहरु गरिएको समेत प्रमुख प्रशासकिय अधिकृत पन्थीले बताउनु भएको छ । कोरोना भाइरस सम्भाबित ब्यक्तीहरका लागि आवस्यक उद्धार तथा उपचार ब्यबस्थापनका लागि गजेडी स्वास्थ्य चौकीका इन्चार्ज टीकाराम रिजाल,रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज बिमला पाण्डे, सुरेन्द्र बास्तोला र बिर बहादुर बम्रेल सदस्य रहनु भएको छ । यदी ज्वरो आउने,टाउको दुख्ने रुघाखोकी लागेमा नजिकैको स्वास्थ्य केन्द्र वा चिकित्सकहरुको सम्पर्कमा आउन समेत आग्रह गरिएको छ ।छिमेकी देश भारत र बिदेशबाट घर आउने आफन्त कञ्चनवासीहरुलाई कञ्चन गाउपालिका स्तरिय उद्धार तथा उपचारका लागि गाउपालिकाले टोकिएका सम्पर्क चिकित्सकहरुको सम्पर्कमा जान तथा गाउपालिकाले निर्धारण गरेको सुरक्षित उपचार केन्द्रहरुमा सम्पर्क गरी सम्भाबित संक्रमणबाट जोगिन स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया