रामपाल बाबालाई हत्याको आरोपमा आजीवन जेल सजाय

प्रकाशित मिति:

एजेन्सी– दुई हत्याको अभियोगमा जेल सयाज भुक्तान गरिरहेका भारतका रामपाल बाबालाई आजीवन जेल सजाय सुनाइएको छ। हरियाणास्थित हिसार अदालतले उनलाई यो सजाय सुनाएको हो। गएको अक्टोबर ११ मा उनलाई चार महिला र एक बच्चाको हत्या आरोपमा दोषी पाइएको थियो।

हिसार अदालतले रामपालसहित उनका २६ अनुयायीहरुलाई दोषी ठहर गरेको छ। उनीविरुद्ध परेको आरोपको सुनुवाइको क्रममा अदालत अगाडि ठूलो संख्यामा सुरक्षा व्यवस्था बढाइएको थियो। रामपाललाई आजीवन जेल सजायका अलावा एक लाख रुपैयाँ तिर्न पनि अदालतले आदेश दिएको छ।

रामपाललाई सुनाईएको सजायमा एक महिला भक्तको हत्याको आरोप छ जसको लास उनको सतलोक आश्रमबाट २०१४ को नोभेम्बरमा बरामद गरिएको थियो।

रामपाललाई लगाइएका दोस्रो आरोप उनका भक्त पुलिस प्रशासनसँग मुडभेडमा जानु हो जसका कारण १० दिनसम्म चलेको आन्दोलनका कारण ४ महिला र एक बालकको मृत्यु भएको थियो। ६७ वर्षीया रामपाल र उनका अनुयायी २०१४ नोभेम्बर देखि जेल सजाय भुक्तान गर्दै आएका छन्।

रामपाललाई जेल सजाय सुनाएपछिको अवस्थामा हरियाणाको हिसार सहरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। हिसार सहरमा भारतीय संविधानको धारा १४४ लागू गरिएको छ। त्यहाँ हुनसक्ने सम्भावित हिंसालाई मध्यनजर राख्दै सहरमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ।

रामपालललाई १८ दिनसम्मको लगारार प्रयासपछि हरियाणा पुलिसले रामपाललाई पक्रिन सफल भएको थियो। उनलाई पक्रिन हरियाणा राज्य सरकारको ५० करोड भारतीय रुपैयाँ खर्च भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यस्तै उनलाई पक्रिने क्रममा ६ जानको ज्यान गएको र २ सय ५० भन्दा बढी मान्छे घाइते भएको बताइएको छ।