माओवादी विद्रोहीको आक्रमणमा १७ भारतीय प्रहरीको मृत्यु

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  सयौं माओवादी विद्रोहीद्वारा मध्य भारतको छत्तीसगढ़ राज्यमा शनिबार गरेको आक्रमणमा १७ प्रहरीको मृत्यु भएको भारतीय अधिकारीले पुष्टि गरेका छन् ।सुकमा जिल्लाको जंगलमा रहेको पुलिस कमाण्डो गस्तीमा भएको आक्रमण पछिल्ला वर्षहरूमा प्रहरीमाथि भएको घातक ठूलो आक्रमणका रूपमा भारतीय प्रहरीका एक प्रवक्ता अधीक्षक शलाब सिन्हाले आइतबार बताउनुभयो ।आक्रमणपछि आइतबार नै उक्त जिल्लामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पठाइएको राज्य सरकारले बताएको छ ।स्थानीय प्रहरी सुपरिटेन्डेन्ट शलाब सिन्हाले एएफपीलाई दिएको जानकारी अनुसार करिब ३०० सशस्त्र नक्सलवादी विद्रोहीले प्रहरीको कमाण्डो फोर्समाथि आक्रमण गरेपछि प्रहरीतर्फ यति ठूलो सङ्ख्यामा क्षति भएको हो ।

उहाँले भन्नुभयो, “हामीले १७ प्रहरी अधिकारीको मृत शरीर घटनास्थलबाट सङ्कलन गरेका छौँ भने अन्य १५ जना प्रहरीलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छौँ ।”हामीलाई जानकारी भएअनुसार करिब ३०० देखि ३५० माओवादी विद्रोहीले प्रहरी कमाण्डोमाथि आक्रमण गरेका थिए ।प्रहरीका अनुसार शनिबार भएको झडपमा चार माओवादी लडाकू पनि मारिएका छन् । सन् २०१७ को अप्रिलदेखि प्रहरीले थालेको अतिवादी वामपन्थी गुरिल्लाविरोधी कारवाहीमा ठूलो सङ्ख्यामा विद्रोहीले क्षति व्यहोरेको छ । माओवादी विद्रोहीको आक्रमणमा सन् २०१७ मा २५ प्रहरीको मृत्यु भएपछि प्रहरीलाई शसक्त बनाई कारबाही थालिएको थियो ।news24

फेसबुकबाट तपाईको प्रतिक्रिया