को छ र यहॉ अछुतो, संघर्ष गर्न देखि
अरुलाइ लडाउन, मार्न र आफै मर्न देखि
बाहाना फरक होलान, चुनौति चाहि उस्तै
कोहि हाम फालेका त कोही हिडेका सूस्तै
कसैलाइ आफु बाच्नु र अरुलाइ बचाउनु छ
कसैलाइ यसैबेला हल्लाखोर मच्चाउनु छ
कसैलाई पद र पैसामा अझै फसाउनु छ
कसैलाइ मौकाछोपि कालो बजारीमा रसाउनु छ
कसैलाइ यसैबेला आफ्नो नाम कमाउनु छ
सही सुचना बिगारेर फेसबुकमा छपाउनु छ
तलको माथि, माथिको तल पारेर लेखाउनु छ
शुन्य ज्ञानमै, कुशल विधुषिता देखाउनु छ
आफुलाई भने,
आखॉ छोपि नरोउ भनि भन्नु पर्याछ
मुटु माथि ढुड्गा राखि हास्नु पर्याछ
राधा अर्याल