अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायीलाई कोरोना संक्रमण नभएको पुष्टि

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ — कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले कान्तिपुरलाई बताए।ekantipur

फेसबुकबाट तपाईको प्रतिक्रिया