गण्डकी प्रदेशको मुख्य नाका राम्दीमा कडाइका साथै २४ सै घण्टा चेकजाँचको व्यवस्था

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


राम्दी  –  गण्डकी प्रदेशको मुख्य नाका गल्याङ नगरपालिका १, रामनदी धाम (राम्दी) मा कडाइका साथ २४ सै घण्टा कोरोना भाइरसको परिक्षण हुने भएको छ । गल्याङ नगरपालिकाले राखेको हेल्थ डेस्कमा नेपाल आर्मी सहितको टोलीले २४ सै घण्टा चेकजाँच गर्ने भएको हो ।
आइतबार हेल्थ डेस्कको निरिक्षण गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङवाङले स्वास्थ्य चेकजाँचलाई व्यवस्थित र कडाइ गर्नेबारे छलफल गर्नुभएको थियो । निरिक्षणपछि जिल्ला समन्वय समिति प्रमुख सिताकुमारी सुन्दास, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी विमलराज कणेल, गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापा,गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत

इश्वरीप्रसाद पाण्डे सहितको बैठकले चेकजाँचलाई २४ सै घण्टा अझै कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । साथै रातीको समयमा बेल्टारीमा रहेको नेपाल आर्मीको स्वास्थ्य शाखाको टोली सहितले चेकजाँच गर्ने तय भएको छ । बेल्टारीमा रहेको नेपाली सेना मध्ये स्वास्थ्य शाखामा रहेका पाँच जना यो चेकजाँचमा खटिने भएका छन् । निरिक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी कुरुङवाङले सकेसम्म कोरोना भाइरसको संक्रमण प्रबेश नगर्ने गरी काम गर्न आग्रह गर्नुभयो । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले हेल्थ डेस्कलाई अझै व्यवस्थित बनाउनका लागि नगरपालिकाले सम्पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले चेकजाँचमा रहेका स्वास्थ्य कर्मीका लागि उचित व्यवस्था सहित मुल्याङ्कन हुने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया