आज २०७६ चैत १० गते सोमबारको राशिफल

प्रकाशित मिति:

मेष – सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । शत्रु परास्त हुनेछन् । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक समस्या हट्नेछ ।बृष –अध्ययनमा रुची बढ्ला । बौद्धिकताको प्रसंशा हुनेछ । आकस्मिक लाभको सम्भावना । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।मिथुन-खर्च बढ्नेछ । अध्ययनमा बाधा । धन आर्जन गर्न कडा मेहनत । प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।कर्कट-मन अस्थिर रहनेछ । पराक्रम घट्नेछ । धार्मिक आस्था घट्नेछ । यात्रामा बाधा । आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।सिंह-मान सम्मान मिल्नेछ । व्यवसायमा लाभ । अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

कन्या-प्रेममा सफलता मिल्नेछ । नयाँ कामको अवसर मिल्नेछ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ । आत्मविश्वास बढ्नेछ ।तुला – नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । नोकरीमा प्रशंसा हुनेछ । पारिवारिक सुख प्राप्ति । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अध्ययनमा रुची बढ्ला ।बृश्चिक-पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।धनु-काममा प्रशंसा हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । आकस्मिक धन लाभको सम्भावना । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

मकर-सहयोगी प्रशस्त हुनेछन् । घरमा कलह बढ्ला । निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । मानसिक चिन्ताले सताउला । काममा अवरोध ।कुम्भ-आफन्तबाट धोका हुन सक्ला । जागिरमा पदोन्नतति होला ।विलासिताका सामान प्राप्त हुने योग छ । सन्तानबाट चिन्ता थपिनेछ । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।मीन-सफलता मिल्नेछ । मिष्ठान्न भोजन । आर्थिक क्षेत्रमा विवाद बढ्ला । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।