कोरोना रोकथामका लागि एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा

१० चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/गैरआवासीय नेपाली संघ एनआरएनएले नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।एनआरएनएले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका हुन् ।

संघको बैठकले कोषाध्यक्ष महे कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन गरेको छ ।उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ । संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोना पीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ ।आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग