अमेरिकामा ४१७ को मृत्यू, ३३२७६ मा संक्रमण

१० चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


कृष्ण के सी/अमेरिका – आज मार्च २२, २०२० आइतवार साँझ प्यासिफिक समय ७:२० बजे सम्म फेसबुकको Coronavirus (COVID-19) Information Center का अनुसार अमेरिकामा मृत्यू हुनेहरुको संख्या ४१७ पुगेको छ।विश्वब्यापी रुपमा फैलिएको यो महामारीबाट ३३५,९९१ जना संक्रमित भएका छन्। त्यसैगरी १४,६४१ जनाले ज्यान गुमाएका छन्।

अमेरिकामा ४१७ को मृत्यू र ३३,२७६ मा संक्रमण भएको बताइएको छ। हाल सम्मको स्थितिमा अमेरिका कोरोनाबाट धेरै संक्रमित हुने विश्वोको तेश्रो मुलुक हो।राष्ट्रपति डनल्ड ट्रम्पले नेशनल गार्डलाइ मेडिकल स्टेशन बनाउन क्यालिफोर्निया र न्यूयोर्कमा परिचालन गरेका छन्।यसैबीच सिनेटर रन पललाइ कोरोना भाइरास पोजिटिभ भएको छ, उनि पहिलो कोरोना संक्रमित सिनेटर हुन्।hollywoodkhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया