कोलम्बियाको जेलमा कोरोनाको त्रासले भागदौड, २३ कैदीको मृत्यु

१० चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
70 Shares


कोरोनाभाइरसको त्रासका कारण कोलम्बियाको सबैभन्दा ठूलो कारागारमा जेलब्रेकको प्रयास हुँदा हालसम्म २३ जनाको मृत्यु भएको र ८३ जना घाइते भएको त्यहाँको कानुन मन्त्रालयले जनाएको छ ।कानुनमन्त्री मार्गरिटा काबेलोल एक भिडियो सन्देशमा भनेकी छिन्, ‘आज देशका लागि निक दुःखद र पीडादायी दिन हो । ला मोडेला कारागारमा कैदीहरुले भाग्ने प्रयास गरेका छन् भने विभिन्न अन्य कारागारमा विद्रोहको प्रयास भएका छन् ।’बोगोटामा रहेको देशकै सबैभन्दा ठूलो ला मोडेलो कारागारामा कैदीहरुले भाग्ने प्रयास गर्दा २३ जनाको मृत्यु भएको र ८३ जना घाइते भएको काबेलोले जानकारी दिइन् ।

यसक्रममा ७ जना सुरक्षा कर्मी पनि घाइते भएको र दुईको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

उनले देशभरका १३ वटा जेलमा एकैपटक यस्तो विद्रोहको प्रयास भएको पनि बताइन् ।

‘कोही पनि भाग्न पाएनन्,’ काबेलोले भनिन्, ‘त्यहाँ कसैमा स्वास्थ्यको समस्या थिएन जसले यस्तो स्थिति सृजना गर्यो ।’

काबेलोले अहिलेसम्म कुनै पनि कैदी वा कैदीमा रहेका कसैलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको स्पष्ट पारिन् ।स्रोत : सीएनएन/बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भ्रष्टाचारीलाई हिरा र सचेत जनतालाई गिद्द भन्नेको हिसाबकिताब राखीने नेविसंघ…
  • अति गरिव विपन्न राहत बाट नछुट्न आग्रह
  • लकडाउनमा मजदुरको कथा:घरसम्म जान पैदल यात्रा गर्न बाध्य
  • रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’
  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप