घरमा आगलागी हुंदा ४ लाख बढीको क्षती

प्रकाशित मिति:

रुकुम  पश्चिमको बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ। स्थानीय शशीराम खत्रीको घरमा गए राति आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको छ।

राति साढे १ बजेको समयमा आगलागी हुँदा अन्नपात, भाँडाकुडा, लत्ताकपडा र नगद रु एक लाख गरी रु चार लाख बराबरको क्षति भएको वडा सदस्य रामबहादुर जैसीले जानकारी दिए।

आगलागी पीडित खत्रीका श्रीमान श्रीमतीले भारतबाट कमाएर ल्याएको नगद जलेको बताइएको छ। खत्री दम्पती दशैँ मनाउनका लागि केही दिनअघि मात्र नेपाल आएका थिए। खरले छाएको घरमा कसरी आगलागी भयो भन्ने बारेमा खुल्न नसकेको वडा सदस्य जैसीको भनाइ छ।

खत्रीको परिवार घरमै सुतिरहेको अवस्थामा आगलागी भएको थियो। आगलागी भएको थाहा पाएपछि भागेर खत्री परिवार बाँच्न सफल भए पनि घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। आगो स्थानीयवासीको सहयोगमा निभाइएको थियो।

अहिले खत्रीको परिवार आफ्ना आमा बुबाको घरमा बसिरहेको स्थानीय प्रेमकुमार विश्वकर्माले जानकारी दिए।