चीनले पनि सुरु गर्‍यो कोरोना भाइरसविरुद्ध खोपको मानवीय परीक्षण

१० चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मानवीय परीक्षणको पहिलो चरण चीनमा पनि सुरु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्वका वैज्ञानिकहरु लागि परेका छन् । सोही अन्तर्गत सम्भावित विकल्पका रुपमा लिइएको खोपको पहिलो चरणको परीक्षण चीनमा पनि भइरहेको हो ।अमेरिकामा गएको हप्ता सियाटलमा सम्भावित खोपको परीक्षण सुरु भएको थियो । चीनमा पनि सोही दिन (मार्च १६) देखि नै कोरोना भाइरसविरुद्धको सम्भावित खोपको पहिलो चरणको मानवीय परीक्षणको प्रक्रिया सुरु भएको थियो ।यसको प्रक्रिया याे वर्षको अन्त्यसम्ममा सकिने अपेक्षा छ । स्वतन्त्र रुपमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण डोज लिनका लागि तयार भएकाहरुलाई खोप दिन थालिएको चीनका स्वास्थ्य अधिकारीले बताएका छन् ।

सरकारको प्रत्यक्ष सहयोगमा सो परीक्षण भइरहेको स्वास्थ्य अधिकारीले आइतबार समाचार संस्था एएफपीलाई बताएका हुन् । चीनमा १०८ जनामा खोपको विभिन्न डोज दिएर परीक्षण थालिएको हो।१८ देखि ६० वर्ष उमेरका उनीहरु सबै वुहानका बासिन्दा हुन् । हुबेइ प्रान्तको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।अहिले कोरोना भाइरसको संक्रमण विश्वका अधिकांश देशमा फैलिएको छ र यसले विश्वव्यापी महामारीको रुप लिएको छ । चीनमा पछिल्ला केही दिनयता त्यहिँ नै संक्रमित भएका नयाँ बिरामी भेटिएका छैनन् । तर अरु देशमा संक्रमित भएर चीन फर्किनेहरु भने छन् ।विश्वभर कोरोना भाइरसका कारण हालसम्म १४ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । यस्तै तीन लाख ३० हजार भन्दा बढी संक्रमित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया